भदौ २०, दाङ । इन्टरनेट सेवा प्रदायक कम्पनी टिपी लिंक नेटवर्कको सेवा दाङमा पनि विस्तार भएको छ ।
दाङको तुल्सीपुररमा टिपी लिंक नेटवर्क प्रालिको नयाँ शाखा स्थापना भएको हो । दाङमा सस्तो, गुणस्तरिय र भरपर्दो (FTTH HIgh Speed ) इन्टरनेट सेवा उपब्ध गराउने उदेश्यका साथ तुल्सीपुरमा नयाँ शाखा स्थापना गरिएको टिपि लिङ्क नेटवर्कको प्रमुख दामोदर डुम्रेले बताएका छन्।
अहिलेको सुचना प्रविधिको युगमा मान्छेलाई अति आवश्यक भैइसकेको अवस्थालाई मध्य नजर गर्दै ईन्टरनेट सेवा सञ्चालनमा ल्याएको तुल्सिपुर शाखाका सञ्चालक नवराज बुढाले जानकारी दिएका छन । अहिलेको बजारमा अन्य धेरै ईन्टरनेट सेवा प्रदायक कम्पनिहरु भएपनि अन्य कम्पनिहरुका भन्दा फरक सुबिधा र सपोर्टका साथ जुनसुकै बेलामा पनि ग्राहक समस्या समाधान गरिने मुख्य उदेश्य कम्पनिको रहेको छ । २०७३ सालमा कास्किमा स्थापना भएको टिपि लिङ्क नेटवर्क प्राली अहिले पोखरा, पाल्पा, स्याङ्जा, पर्वत, तनहुँ, हुँदै दाङको तुल्सीपुरमा संचालनमा आएको छ।
तुलसीपुर शाखाको नेटवर्क पहुच हाल रोल्पाका त्रिवेणी गाउपालिका, रुन्टिगढी र सल्यान कपुरकोट गाउपालिकाका केही स्थानसम्म नेटवर्क पहुँच रहेको र अन्य ठाउँहरुमा पनि ग्राहकहरुको माग अनुसार सबै ग्रामीण बस्ती तथा अन्य बजारमामा पनि पुर्याउन सकिने कम्पनीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस