भारतले गर्यो नेपालविरूद्ध दोस्रो गोल


भदौ २०, काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा जारी खेलमा भारतले नेपालविरूद्ध दोस्रो गोल गरेको छ। भारतका कप्तान सुनिल क्षेत्रीले नेपालविरूद्ध गोल गरेका हुन्।

यसअघि भारतका फारूख चौधरीले ६२ औं मिनेटमा गोल गरेका हुन्। नेपालले भने गोल फर्काउन सकेको छैन। पहिलो हाफ गोलरहित रहेपनि दोस्रो हाफमा भारतले गोल गरेको हो।

नेपाल र भारतले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्।

यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो। खेलमा नेपालले अग्रता लिए पनि भारतले बराबरी गोल फर्काएको थियो।

नेपालका लागि अञ्जन विष्टले गोल गर्दा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएका थिए।

२० भाद्र २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको