एमाले माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै


साउन २१, काठमाडौँ । नेकपा एमाले माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज (बिहीबार) बस्दैछ। बिहान ११ बजेपछि बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक सुरु हुनेछ।

वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न आफ्नो खेमाको केन्द्रीय कमिटी बैठक बोलाएका हुन्।

तर एमाले संस्थापन समूहले भने एमालेका तर्फबाट आज केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको जनाएको छ।

‘पटक पटक एमालेको नामबाट अनाधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधानविपरीत हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरूमा अपिल गरिन्छ’, एमाले पार्टी सचिव शेरबहादुर तामाङद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा उल्लेख छ।

एमालेभित्र लामो समयदेखि जारी विवाद अझै समाधान हुन सकेको छैन। नेता नेपालले सम्मानजनक एकता हुनुपर्ने बताउँदै आएका छन्।

तर एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल बाहेकलाई मात्रै पार्टीमा स्थान दिन सकिने बताउँदै आएका छन्। दुवै समूह लचक नभएपछि एकता हुन नसकेकाे हाे।

२१ श्रावण २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको