– लक्ष्मण चौलागाईं बिद्रोही
आज खाडीमा शहर नबनेको भए
स्वदेशमा अनिकाल छाउने रहेछ
आज छिमेकीले भिजा तोकेको भए
पश्चिम नेपालको बेहाल हुने रहेछ
आज खाडीमा करोडौंले काम नपाएको भए
मुलुकको सिंहदरबारले सगरमाथा धरौटी राख्ने रहेछ
आज मुलुकमा युवाशक्ती थुनिनुपरेको भए
बुद्ध र सगरमाथाको देश सोमालिया बन्ने पो रहेछ
परिवर्तनको सन्देश लिएर व्यवस्था आएको भए
महलमा चहलपहल हैन झुप्रोमा दियो जल्ने रहेछ
व्यवस्थाले अगुवाको अवस्था फेर्न नलागेको भए
झुपडीमा नयाँ विहान आइपुग्ने रहेछ
तर शासकले जनता नढाटेको भए
नेपाल विकसित भैसक्ने रहेछ
विडम्बना,
हजारौलाई अनाहकमा नमराएको भए
आजको शासकमा विपन्नता छाउने पो रहेछ
जनताका छोराछोरी खाडीमा गएर ज्याला गर्दै
इन्डोनेसियाको चामल किन्न विवशता आइपुग्दा
मेरो देशको जनतामा सचेतना नघुसेको रहेछ
जनतालाई भेडा बनाउदै राष्ट्रिय दलाल अझै
पनि तृप्त नभएको रहेछ ।।
प्रतिक्रिया दिनुहोस