नेपाली राजनितीले मनन गर्नै पर्ने सवाल बारे विशेष नेतृत्वलाई खुल्ला पत्र


लक्ष्मण चौलागाईं विद्रोही,
विक्रम सम्वत २०५२ साल फागुन १ गते यो मुलुकमा जनयुद्धको घोषणा भयो। जनताका छोराछोरीको प्रत्येक्ष सहभागितामा हजारौं मोर्चाहरुको प्रतिनिधित्व गर्दै भएको जनयुद्ध साम्राज्यवाद र विस्तारवाद विरुद्धको लडाइँ चाहिँ थियो। नारायणहिटीबाट खोसेर महलमा विसर्जन हुनको निमित्त हजारौं हजारले हिजो आहुती दिएका थिएनन।

वीर भक्ति थापा ,बलभद्र कुँवर र अमरसिंहहरुको अभावमा आज देश रोइरह्यो।अठारौं शताब्दीको बाइसे चौबिसे राज्यलाई एकताको मालामा उनेर नै शाहवंशीय राजतन्त्रले नेपाली मनमा जरो गाडेको थियो। नरभुपाल शाहका जेठा छोरा तत्कालीन श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह स्वयम् युद्धमा उपस्थित भै बाइसे चौबिसे राज्यहरुसंग लडेर ४ जात ३६ वर्णको साझा फुलवारीको उपमा दिएर सबै नेपालीहरुलाई साझा नेपाल दिएर इतिहास निर्माण गरेका थिए पृथ्वीनारायण शाहले। त्यसै गरि ब्रिटिश उपनिवेशवादसंग पानी पनि नपिइ धुलो चटाउने हाम्रा वीर बलभद्र कुँवर,अमरसिंह थापा ,भक्ती थापाहरुको महान वीरताले हाम्रो देश इतिहासमा विदेशीको गुलाम हुन पाएन।

यद्यपि त्यतिबेला बाइसे चौबिसे राज्यसंग भिडेर शाहले कहिल्यै यो र उ भनेर नेपाली नेपाली बिच विभेदको राज्य चलाएनन् बरु नेपाल र नेपाली जनताको साझा मुलुक नेपालको गरिमा छोडेर यो धर्तीबाट विदा भएका पृथ्वीनारायण शाह अनि ब्रिटिश उपनिवेशवादलाई भोको पेटमा अत्याधुनिक हतियारको सामु गोर्खालीको पहिचान खुकुरीको भरमा हार खुवाएर नेपाल आमाको अस्मिता जोगाउने ती वीर भक्ती थापा,बलभद्र कुँवर,अमरसिंह थापाहरुको नाम जो आज पनि नेपालीहरुको मनमा र इतिहासमा जिवितै छ ।

तर ०५२ सालमा सुरु भएको जनयुद्ध साम्राज्यवाद र विस्तारवाद विरुद्धको लडाई हैन रहेछ। बरु साम्राज्यवाद र विस्तारवाद संगको सहकार्यको मिसन चाहिँ रहेछ भन्ने आधार र नजर अन्दाज एमसिसी प्रस्तावका मतहरुले आफै बोल्छ। पूजिवाद र सामन्तवाद प्रतिक्रियावादी शक्ति भनिन्थ्यो तर विडम्बना आज प्रतिक्रियावादी शक्ति त एउटै तराजुका बराबर तौलका ढक एकै मनका अलग शरीर पो रहेछन ।

चौध वर्षका अवोध बालकहरुलाई हतियार र अचानो बनाउदै अनि युद्धमा उनिहरुलाई मराउदै पछि बदला भावमा जनताका छोराछोरी लडाउदै सत्रहजारको भोग पछी तत्कालीन राजा ज्ञानेन्द्रले जनताकै माया र बृहत् शान्तिका लागि नारायणहिटिको राजगद्दी त्याग गरेर नागार्जुन गएका इतिहासलाई कोहि कसैले किमार्थ भुल्ने छैन।

यद्यपि ज्ञानेन्द्रका सेना र प्रहरी लाखौंको संख्यामा थिए जनमुक्ती सेना जम्मा ६ हजार थिए ।ज्ञानेन्द्रका सेना र प्रहरी सबै सखाप पारेर शाहलाई नारायणहिटीबाट लखेटिएको थिएन ।बरु शाहले मुलुकको शान्ती र लोकतान्त्रिक गणतन्त्र जनताको माग रहेछ भन्ने मनन गर्दै विरासत त्यागेका इतिहासलाई कोहि कसैले नकार्न सक्दैन ।

आज मुलुकमा लोकतान्त्रिक गणतन्त्रको संविधान बन्यो। तर उक्त संविधान आधा नभरिएको गिलासको पर्याय बन्यो । संविधानमा जे लेखियो त्यसले जनतालाई संविधानको मर्म बारे सम्बोधन गर्न सकेन।बरु संविधानको मर्म विपरित लिखितम जस्तो लोकतान्त्रिक गणतन्त्र जनताका झुपडीमा खै कहाँ आयो र भनियो जिब्रो चपाउदै राजनीतिक संयन्त्र खांचो भयो ? खुमल्टार !

पूजिवादको सलामी गर्दै सर्वहारा वर्गलाई विरप्पन र लादेन जस्तो बनाउदै नेकपाको सरकारले जेल ब्रेकर र जिउदो योद्धाहरुलाई समेत राजा र महाराजाहरुले बनाएका जिर्ण जेलमा थुन्दै युद्धका योद्धाहरुको अपमान गर्यो। माहिला लामाहरुलाई अपराधी दर्ज गर्दै जेलमा वर्षौं थुन्यो र बल्ल उनी रिहा भए ।जनताका छोराछोरीहरुले लडेर ल्याएको गणतन्त्रमा तिनै योद्धाहरुलाई राणा र राजाले बनाएको जिर्ण जेलको चिसो भुइँमा महिनौं कोचिएर यहि राज्यलाई महंगो धरौटी तिरेर रिहाई भए र अझै पनि धरौटी फिर्ता गरिएको छैन,दोष के को थियो ती जनताका छोराछोरीहरुको ?

यसैकारण यो लोकतान्त्रिक गणतन्त्रको संविधान जनताको मर्म विपरीत भयो। संविधानकै अपमान गर्ने नेकपा सरकारले गणतन्त्रमा अर्को बाम कम्युनिस्ट शक्तिलाई नै प्रतिबन्ध लगायो। एमसिसीका प्रस्तावका बजेट भन्दा पनि माथिका उठ्तिपुठ्ती कर लिर्नुपर्ने एनसेल कम्पनीलाई काखी च्याप्दै विप्लव नेतृत्वको नेकपालाई धरौटीमा लुट्यो। संसदीय व्यवस्थाको सरकारलाई सफल सरकार भन्दै सरकार पक्ष पार्टीका कार्यकर्ताहरुले फैलाएका अफवाह खेदजनक लाग्यो।

यसैकारण संसदीय सरकारले पूजिवाद र सामन्तवादसंग मुन्टो जोड्दै सर्वहारा जनताका छोराछोरीलाई धरपकड गर्यो भने ठूलो दल भनिएको दलका अगुवाले सत्ता र सेवासुविधाको मोहले हजारौको बलिदानद्वारा प्राप्त लोकतान्त्रिक गणतन्त्रको उपलब्धि अर्को दललाई बुझाएर एजेन्डा बाट बेखबर तप्कालाई मुलुकको नया राजा बनायो।

बाइसे चौबिसे राज्य जस्तै संघीयताले हजारौं महंगा विलासी र सेवासुविधाभोगीहरुलाई राजा बनाए। हजारौं सहिदका ईतिहास चपाएर निल्दिए । करोडौं जनताका भोगाइलाई समेत अपमान गर्दै हालको गणतन्त्रमा गरिब जनताका छोराछोरीहरुलाई प्रहरीको लिस्ट्मा लिस्टेड गराई संसदीय लूटतन्त्र विरोधीहरुलाई धरपकड गर्न लगाए ।उनि गणतन्त्रका एजेन्डावाहक अगुवा आलोपालो कुर्दै बसे चुइक्क पनि बोलेनन्।

बरु रमिते बनेर टुलुटुलु महलको झ्यालबाट हेरेर बसिरहे।यसैकारण प्रश्नहरु उठ्ने गर्दछन ।यद्यपि मारिनु नै किन नपरोस या मर्नु नै किन नपरोस ? प्रश्नहरु सप्तकोसीका भेल जतिकै उर्लिन विवश भए जसलाई म यहाँ उल्लेख गर्न चाहन्छु।

-जनयुद्धमा भनिएको बुर्जुवा शिक्षाको विकल्प खै ? ( जो आज विचौलिया र माफियाको व्यापार बन्यो)

– देशविकासको संयन्त्र खै ? र १५ वर्षसम्म विभिन्न नामधारी संरचना बनाएर आज पनि जनतालाई दिग्भ्रमित बनाउदै राजनितीक संयन्त्रको मात्रै रेडियो बजाउदै मुलुकलाई ५० वर्ष पछि धकेलियो?

– देश रोइरहेको बेला शासक हाँसिरह्यो तर रोइरहेका ,गुहार मागिरहेका जनताका चीत्कारलाई खै कहाँ सुन्यो र सम्वोधन गर्यो ?यसैले लेख्न विवश भएं छद्मभेषी शैली हैन र यो ?

-७० लाख युवा पलायन गरेर सेवासुविधा भोगी सत्ता के लोकतान्त्रिक गणतन्त्रको नीति हो ? राजनीति सेवासुविधा रुपि महंगो विरासत के जनयुद्द को कमान्डिङ गरेको ज्याला उठाईंदै हो ?

– स्वास्थ्य लगायतका सुविधा जनतालाई खै कतिवटा अस्पताल खै कहाँ बन्यो ?- दुइतिहाई सरकारको पनि आयु सकिन लाग्यो खै विकट्का कुन कुन जिल्लाहरुमा चिल्ला सडकहरु निर्माण भयो ??

– कतिवटा विद्यालयहरु खै कहाँ थप गरियो ??

– घाइते योद्धाको उपचार गर्न नसक्नेले किन राज्यबाट सेवासुविधा लिदै जन्मदिन र एनिभर्सरीमा करोडौं खर्च गर्यो ?

– लोकतान्त्रिक गणतन्त्र राजाको दरबारबाट महलतिर मात्रै सार्नुले गरिब जनताका झुपडीहरुमा लोकतन्त्रको प्रत्याभूत गणतन्त्रले खै कहाँ गरायो ?

थुप्रै थुप्रै छन यो मुलुकका शासकलाई सोध्ने प्रश्न ! नेपाल संसारका २१० राष्ट्रहरु मध्य सबैभन्दा सम्पन्न र धनी मुलुक हो किन वैदेशिक सहयोगको निम्ति माग्नेले जसरी हात फैलाउदै आफू र आफ्ना आसेपासे आफन्तलाई सरकारी गाडी र सेवा सुविधा लिएर जनता र देशलाई कंगाल बनाइयो ? हाम्रो देश जलस्रोतले विश्वकै धनी राष्ट्र खानेपानीको अभावमा जनता काकाकुल बन्न विवश परिस्थिती लज्जा नै लज्जितको पर्याय हैन र यो ??

संसारभरका राष्ट्रहरु बेचेर पनि नेपालको सगरमाथाको मूल्य पुग्दैन ,के हामी गरिब हो ?पक्कै पनि हामी जो बाइडन र सि जिनपिङ्को देश भन्दा धनी राष्ट्रका मान्छे हौं।कृषिप्रधानको गरिमा खरानी बनाएर ७० लाख युवालाई विदेश लखेटेर आयातित सुपरमार्केटको युग भित्र्याउदा जनता सुखी र देश समृद्द भयो ?? अनाहकमा जनताका छोराछोरीको रगत पिइयो ,अनाहकमा अवोध बालबालिकाको जिन्दगी चुँडियो ,व्यर्थ सत्र हजार गरिबका झुपडीका निरिहहरुको जिन्दगीको इहलिला खत्तम पारेर यहि र यस्तै सेवा र सुविधाभोगी सत्ता निर्माणको एजेन्डा थियो हो जनयुद्धको ??

यी प्रश्नहरुको जवाफ खुमल्टारले जनतालाई धेरै दिनु पर्दैन ।मात्रै सेवासुविधा भोगी लूटतन्त्रको अवसान गरेर देश सेवामुखी सत्ता सन्चालन गर्यो भने जवाफ पूर्ण हुनेछ। नत्र इतिहासले रगत लत्पतिएको मुहार भनेर पुष्पकमल दाहाल (छविलाल) को नाम इतिहासमा लेख्नेछ। प्रचण्डको नाम इतिहासमा रोइरहनेछ चेतना भया खुमल्टारका महलवासी सर्वहारा कमरेड।

पुष्पकमल दाहाल ज्यु !!तपाईंले प्रचण्डको अपमान गर्ने छुट छदै छैन। जुन दिन देखि छविलाल यो सत्तालाई श्रमदानमा सुचारु गर्छन त्यो दिन देखि श्रध्येय क. प्रचण्ड भन्छु मैले अनि दश लाख अरिंगाले र चाकरीको जस्तै २ करोड ९० लाख जनताले ! नत्र प्रचण्ड भनेको पुष्पलालको काल्पनिक नाम हैन। साँढे तीन अक्षरले बनेको प्रचण्ड नाम महान सहिदको बलिदान ,बेपत्ताहरुको इतिहास ,हामीहरु जस्ता गरिबको उठिवास ,भैरवनाथ गणमा योद्धाहरुले भोगेका पासविक यातनाको संयोगले निर्मित प्रचण्ड नाम भित्र ०५२ साल देखि ६२ साल सम्मको रगतको खोलीहरु जोडिएको छ।

यसैले गरिबको उत्थान र सर्वहाराको क्रान्तीको अजर र अमर नाम प्रचण्ड श्री पुष्पकमल दाहाल (छविलाल) को निजि नाम हैन। थुप्रै मोर्चा र वीरगतीहरु ,अवोध बालबालिका(मैना सुनुवार/ दिलबहादुर रम्तेल) को मुन्टो निमोठिएर निर्मित एक्काइसौं शताब्दीको महान विचारको नाम हो।थुप्रै दिन हिनका मुण्टो निमोठियो ।सामन्त र पूजीवादी दलालसंग मुन्टो जोडेर गरिब जनताको ढाडमा दाल दल्ने मिसन थिएन जनयुद्ध ।

एक पटक इतिहासलाई पुनरावलोकन गरियोस । यतिबेला मुलुकको अस्मितामाथी भारतीय डोजर गुडिरहदा उनै पृथ्वीनारायण शाह,वीर भक्ति थापा,अमरसिंह थापा ,बलभद्र कुँवरहरुको अभावले हाम्रो मातृभुमी देश नेपाल रोइरहेको आभास भैरहेको छ।कमरेड प्रचण्ड ज्यु ,

लोकतान्त्रिक गणतन्त्रमा कुनै राजावादी नहुदोरहेछ। बरु गणतन्त्रमा जनता मालिक र शासक सेवक हुने विश्वासको भ्रममा रहेछु तर संसदीय व्यवस्थामा शासक मालिक र जनता दास पो हुनेरहेछन। व्यावहारत: व्यवस्थाकै विभेदमा यतिबेला लोकतान्त्रिक गणतन्त्रको यात्रा १६ वर्ष लागिसक्यो। पार्टी बनाउनै ३ वर्ष लाग्ने भो ,बाकी २ वर्षले जनताको जनमत गत निर्वाचनको जस्तै पाइनेमा हजुर आशावादी हुनुहुन्छ र कमरेड ???

राजा श्री ५ र राणा श्री ३ हरुले बनाएको जेलमा कृष्णबहादुर महरा थुनिए जो उनकै बेमौसमी उपस्थितिले ती जेलमा उनी परे र न्यायले उनलाई निर्दोष सावित गरिदियो।तर हजुरकै जनताका छोरा हैनन् र दिनहिन सुकुम्बासीका नेता सर्लाहीका कुमार पौडेल ?जसको टाउको र पैतालामा गोली ठोकेर बाम गठबन्धनको सत्ताले हत्या गर्दा प्रचण्डको मन कुँडियो र ? बरु श्रद्धाञ्जली डाचाराजले पाए कुमारको हत्या प्रकरण विरुद्द एक शब्द तपाईंको मुखबाट सुनियो र ??

नाजवाफ हजुरका यी थुप्रै दिन र महिनाहरुले खबरदारी गर्दागर्दै हजुरको शुभचिन्तक हामीहरु आज विरोधी जस्तो पो भैयो ।पहिला पहिला प्रचण्ड कमरेडको फोटो पोस्ट गरेर थोरै स्ट्याटस लेख्दा थुप्रै सम्मानजनक कमेन्ट आउथे आजकल कमरेडका भाषणका भिडियोहरु शेयर गर्दा थुप्रै गाली किन बर्सिन्छन होला कमरेड ???

म आफैले लेखेको थिएं कुनै समय कमरेड प्रचण्डलाई लाजिम्पाटको भवनमा बसेको किन रिस गर्छौ एमालेजनहरु हो ,प्रचण्डले त गणतन्त्र ल्याउनुभएको वजह,जनयुद्धको नेतृत्व गरेको सम्मान आधा नेपाल पुरस्कार दिए पनि कमै हुन्छ भनेर ।तर आज आएर हजुरहरुले लिने गरेको राज्यको ढुकुटीको सेवासुविधा नै बढी भो भनेर विरोध गर्न विवश किन भयौं हामी कमरेड ? भनेर हरपल आफुले आफैलाई प्रश्न गर्न विवश छु कमरेड ।

घरैपिच्छे नेतैनेता जन्माएर समाजवाद र साम्यवादको स्कूलिङ गर्नुभएको हो र कमरेड ??
अब यी घरै पिच्छेका गफाडीलाई नेता बनाउनु भन्दा दैनिक ८ घण्टा अनिवार्य खट्ने श्रमिक बनाउन सेवा र सुविधामुखी सत्ताको विघटन गरेर श्रमदानमुखी सत्ताको विधेयक सदनमा पास गराउनुस त आज यी घरपिच्छेका खुराफाती,चम्चा र पंखाका नेतागिरीका क्रमशः अवसान हुँदै जानेछन भने घरैपिच्छे पसिना बहाउदै आफ्नै देशमा मोती फलाउने युवाशक्तीलाई आफ्नै देशमा आत्मनिर्भर बनाउन यी दुई तीन साल खर्च भएका थिए भने निश्चय नै आज त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा दिनहुं प्रदेशिएका अमुल्य युवाउर्जाहरुको पंक्ती देख्नुपर्दैन थियो कि ?

हिजोको दिन भारतीय हस्तक्षेप विरुद्द देशभक्त युवाहरुले माइतिघर मन्डलामा प्रदर्शन गर्दा नेपाल सरकारको पुलिसले नागरिक कुटे,
अस्तिको दिन सिमामा आएर भारतीयले डोजर चलाएर बाटो खने,
झन अस्ति सिंहदरबार अगाडि आएर चाइनिजले नेपाल पुलिस कुटे,
अनि हामी नेपाली चाहिँ वीर गोर्खाली भन्दै कहिले सम्म गर्व गर्ने कमरेड ? विडम्बनाको पनि ख्याल गरियोस र सिमा सुरक्षाका लागि सेना तैनाथ गरियोस।

नेपाल आमाको छातीमा भारतीय डोजर चल्दा देशभक्त युवाहरुले सिमा हस्तक्षेपको विरुद्द धावा बोल्दा प्रहरी परिचालन गरि नेपाली कुट्ने र थुन्ने नेकपा सरकारको हर्कत बारे प्रश्न गर्नुहोस।

अनि अर्को विडम्बना कमरेड आजको लोकतान्त्रिक गणतन्त्र सेवामुखी भएको भए बजार भाउ आधा घट्थ्यो नि कमरेड ? एक साधारण मजदुरको हिसावले बजार भाउ बुझ्नुस त ?नया राजा पाल्न हड्डि घोटेर पनि भोका मानिसहरुका निभिरहेका अन्धकार चुल्होहरु थुप्रै भेट्नुहुनेछ कमरेड !

श्रमदान प्रधान राजनितीक व्यवस्थाको सुत्रपात भएमा अनावश्यक नेतागिरी शून्य हुन्थ्यो। देश बनाउने देशभक्तहरुको राज्य चल्थ्यो र हजुर नवयुग निर्माणकर्ता हुनुहुने थियो। तर यहाँ यो व्यवस्था सत्ताधारी दलको मात्रै पेवा भयो ।

कमरेड , नेपाल आमाको दुधको लाम्टा काटिदा बेखबर बालुवाटार र नेकपा एमाले/माके पार्टी कुनै प्रतिरोध जनाउदैन। आफ्ना नेता र सरकारको कुनै पदमा बहाल नेता र जिम्मेवार शासकको अलिकति आलोचना हुदा युवासंघ/वाइसीएल अस्थिरतावादीहरुले षड्यन्त्र गरे भन्दै युट्युब तिर चिच्याएको देखिन्छ ।तर विडम्बना ! त्यही युवासंघ /वाइसीएल सिमामा भारतीय हस्तक्षेप हुदा,राज्यको ढुकुटीमा भ्रष्टाचार हुदा खासै प्रतिरोध जनाउदैन।

जनता दु:खद समाचार सुन्नु शिवाय केही गर्न सक्दैन। हामीले सोचेकै थिएनौं हाम्रो दुई तिहाई सरकार बनेपछि यी विडम्बनाहरुका विस्कुन यसरी छ्यास्छ्यास्ती छरिन्छन भनेर ! हजारौं हेक्टर जमीनमा विस्तारवादले लामो हात गर्दा अनि यो महामारीको समय पारेर महाकाली वारि सम्म भारतीय चलखेल चलिरहदा हाम्रो देशको सरकार प्रमुख किन मुकदर्शक बन्दै छ?

ठूलो पार्टीका अध्यक्ष तपाई किन विस्तारवादलाई चुनौती दिन सक्नुहुन्न ? जो होगा सहि हि होगाका कहावतमा मौनम स्वीकृति हो ?यो प्रश्न अनुत्तरित जस्तै थियो हिजो नेकपा बन्दा र आज माके पुनर्निर्माण हुँदा ।

मुलुकका राष्ट्रघाती सम्झौताका हस्ताक्षरकर्ताहरु नै मुलुकको बदलिएको व्यवस्थाको नबदलिएको अवस्थाका हर्ताकर्ता हुनुकै विवशता हैन र यो ? सबैभन्दा ठूलो आजको परिवेशमा राजनितिक दल भएको छ। सबैभन्दा ठूलो इतिहासमा देश थियो ।आज इतिहास नै मुर्छित छ ।राष्ट्रियता नै धरापमा छ। देशको हालत दिनानुदिन खराब हुँदै गएको छ।

विदेशबाट गुहार गुहार भन्दै चिच्याएका आफ्नै नागरिकको बेवास्ता गर्छ ।किन दुइतिहाई सरकार ? के जनता निर्वाचनमा मात्रै भोट दिन मात्रै मसला बनाइदैको नियती हो कि के हो ? सरकार ! भन्दै प्रश्न संग प्रश्नले संवाद गर्नु विवश अवस्थाले नागरिक निरीह बन्दै गैरहेका छैनन र कमरेड ? मुलुकको अस्मिता मात्रै लुटिदै छैन यहाँ आफ्नै वस्तीका युवतीहरुले आफ्नो अवलापनमा सुरक्षा पाइरहेका छैनन। न्याय मृत जस्तै हुँदै गैरहेको छ। ठुलालाई चैन सानालाई ऐन खारेज भैरहेको छैन।

यसैको कारण आज जनता मात्रै हैन देशै निरीह बन्दै गयो। जनताको सामु शक्तिशाली दुइतिहाई विस्तारवादको सामु किन कायर जस्तो भयो ?भन्ने प्रश्नको जवाफ खोज्दा सिमा मिचिएको हैन बेचिएको पो हो कि भन्ने मनोगत विश्लेषण गर्दा कतै अन्याय होला कि जस्तो लागिरहेको छैन।

हिजो वीर पुर्खाहरुले नेपाललाई नेपाल बनाउन लडे आज पुर्खाले सिर्जित गरेको नेपाल पार्टीले धुलोपिठो र चोक्टा चोक्टा बनाउदै गरेको वजह विद्रोही कलम नरोक्की रहन सकेन प्रिय कमरेड ! महाविपत्ती र महामारीमा हामीलाई छिमेकीले खेदिरहयो।

हिजो ०७२ सालको महाभुकम्पमा नाकावन्दी लगाउदै लिपु लेकमा डंँढेल्लो लगाउन आएको भारतीय विस्तारवाद आज कोरोनाले संसार लक डाउन भएको बेला महाकाली वारिसम्म आएर सडक विस्तार गर्दा चुँ सम्म नबोल्ने सरकार वीर गोर्खालीलाई ब्रिटिश उपनिवेशवादले गोर्खालीहरुसंगको हारमा दिएको ब्रेभ गोर्खाको गरिमालाई नै धुलो पिठो बनाउन पुग्यो। यस्तै क्रम चल्दै गयो भने भोलि हाम्रो लुम्बिनीमा भारतीय झण्डा नठडिएला ,हाम्रो सगरमाथामा विदेशी प्रवेशद्वार नबन्ला जस्तो लाग्दैन ।

अब चाकरीहरुलाई साइड लगाउदै सस्ता प्रचारबाजी गर्ने मिडिया र चाप्लुसीलाई ठेगान लगाउदै ,भ्रष्टलाई जेलमा सडाउदै अब पनि तपाईले तीन करोड नेपालीको प्रतिनिधित्व नगरि नेकपाको दस लाख कार्यकर्ताको मात्रै नेतृत्व गरिरहनुभयो भने वस्तीपिच्छे रतनहरु नभेटिएलान भन्न सकिन्न नि कमरेड । यो दुइतिहाई जनताले इतिहासमा दिएका अन्तिम पुरस्कार नहोलान भनेर आशंका नगरिरहन सकिन्न।

कमरेड अब शिक्षा,स्वास्थ्य,रोजगार र सुशासन सिमा सुरक्षा यो नवीन व्यवस्थाको मुख्य आवश्यकता हो नि होइन र ?कोरोना कहरको पीडा त छँदैछ यस संगसंगै कहिलेसम्म लकडाउन? भन्ने प्रश्न हामी नेपालीको लागि अकल्पनीय संकटको पर्याय बनिरहेको छ।

राज्य जनताका समस्या प्रती खासै चिन्तित देखिदैन। जनता माउ हराएको बाच्छो जस्ता भएका छन् ।जिम्मेवार राज्य राजनिती मात्र गर्छ ।जनता राज्यले हाम्रो पनि सम्बोधन गर्ला कि भन्ने आशमा थिए तर विडम्बना बार्ह वर्ष लगाएर आफ्नै देशमा खनिएको भारतीय सडकको बारेमा भर्खर भारतीय सरकारले सडक उद्घाटन गरेको डिजिटल समारोह बल्ल बालुवाटारले थाहा पाएको झैं स्वाङ पारिरहेको अवस्था छ ।

विक्रम सम्वत १९५० देखिका सन्धीहरु गर्ने शासक / प्रशासक यहि मुलुकमा जन्मिए। जसले जनता र देशको हितको निम्ति भन्दै गरेका सम्झौताहरु आज आएर फलामको च्युरा बनिरहेको सत्यलाई सहजै स्विकार्ने राजनेताहरुको यो राज्यव्यवस्थामा पनि खडेरी नै भएको आभास भयो।
कोरोना कहर यसै पनि महामारी त हुँदै हो त्यहांँ भन्दा पनि घातक यो संसदीय तन्त्रका गणतन्त्रवाहकहरु भैरहनुको विडम्बनालाई खै कसरी अभिव्यक्त गर्नु र ?

यतिबेला ७० लाख झण्डै पौने करोड नेपालीहरु पराईको तातो बालुवामा श्रम बेच्दै गर्दा र रेमिटेन्स भर्दै गर्दा यो मुलुकको शासकले आफ्ना नागरिकका समस्यालाई समेत बेवास्ता गर्यो।
७० लाख युवाको अमुल्य मत बिनाको निर्वाचनको कुल मतलाई दुइतिहाई भजायो। तर यो दुइतिहाई हो त ?सच्चा दुइतिहाईको सरकार बनेको थियो भने कच्चा नेतृत्व मुलुकको शासनको मालिक हुदैन थियो।

यिनै सवाल बारे केही बुँदाहरु बारे उठान गर्नु मन लाग्यो।

१.अलपत्र विदेशीएका युवाको व्यवस्थापन

युवा भनेका राष्ट्रका अनमोल र अमुल्य सम्पत्ती हुन। तर तिनै राष्ट्रका सम्पतीलाई विदेश पलायन गरि समृद्धिको भाषण गर्ने दुइतिहाई सरकारले रेमिटेन्सबाट समृद्धिको भाषण त गर्यो तर शासन सम्भव होला र ? कोरोना कहरको यो महामारी हट्न पुग्यो भने जिम्मेवार सरकारले ७० लाख पलायन अमुल्य युवा उर्जालाई नेपाल फिर्ता बोलाएर बन्द भएका कल कारखानाहरु सुचारु गरि रोजगारको विकल्प यहि मातृभुमीमा दिन सक्छ कि सक्दैन ?यदि सक्दैन भने सरकारले समृद्धिको भाषण बन्द गर्दा उचित होला कि ?

मुलुकका थुप्रै विकट मुहार बोकेर ठिङग उभिएका पहाडहरुलाई सुगम बनाउन सडक,पुलपुलेसाहरु निर्माण गर्न ,विद्यालय,अस्पताल ,क्याम्पसहरु बनाउन र मुलुकलाई समतामूलक विकसित राष्ट्र बनाउने सपना यदि दुइतिहाई सरकारको मुल नारा हो भने विदेशीएका ती पौने करोड युवा नेपाल फिर्ता बोलाएर आफ्नै श्रमिकलाई देशविकासमा खटाउने कइ नखटाउने ?

यदि सरकारले ती युवायुवतीको पलायनलाई अन्त्य गरि देश विकासको निम्ति यहि आफ्नै देशमा विकल्प सोच्यो भने मुलुकको कायापलट मात्रै हैन सरकार शताब्दी सम्म स्थायी सरकारको बाहक हुनेछ। यसैले पलायन युवायुवतीहरुलाई नेपाल फिर्ता बोलाउने उद्देश्य दुइतिहाईको मुख्य उद्देश्य बनिनुपर्छ।

२. नागरिकको स्वास्थ्यमा बरोबर पहुँच
मुलुकमा शासन व्यवस्था बदलियो तर जनताको अवस्थामा कुनै बदलाव आएन किन ?अनि जनताले मुलुकमा समानताको अनुभूति गर्न पाएनन किन ?गणतन्त्र महलमा आयो झुपडीमा पुग्न सकेन किन ?यी प्रश्न नागरिकका शिक्षा र स्वास्थ्यमा खेलवाड गर्ने किसिमको दुइतिहाईको कर्म भएर हो सरकार ! नागरिकले परिवर्तनको आभास गर्न र जनताले लोकतान्त्रिक व्यवस्थाको प्रत्याभुती गर्न सरकारले शासकले जस्तै जनताले शिक्षा र स्वास्थ्यको समानतावोध गर्ने किसिमको पद्धतिको विकास गर्नुपर्ने देख्छु म।

मुलुकका गरिब जनताले ज्वरो आउदा सिटामोलको पहुँच नपाइरहेको अवस्थामा शासकले अमेरिका र सिंगापुर धाउने किसिमको शैली अपनाएको कारण जनताले स्वास्थ्यमा समानताको वोध गर्न पाएनन। यसैले नागरिकसंग कर उठाउने सरकारले नागरिक र सत्ताधारीहरुको स्वास्थ्य सेवामा बरोबर पहुँचको विकास गर्नुपर्ने आवश्यकतालाई उल्लेख गर्न चाहन्छु। नागरिकको स्वास्थ्योपचार नि:शुल्क घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउदछु।

३. शिक्षामा समानता
मुलुकमा लोकतान्त्रिक वयवस्था आएपछि जनताको नौलो विहानीको प्रारम्भ हुनेछ भनेर सशस्त्र द्वन्दताका फैलाएका प्रचारबाजी मुलुकको गणतन्त्र घोषणा भैसकेपछि पनि जस्ताको तस्तै रहनुले नागरिक निराश हुन विवश छन। धनीका छोराछोरीले पढ्ने विद्यालय र गरिबका छोराछोरीले पढ्ने विद्यालयका भवनहरु भिन्न र पाठ्यपुस्तकका झोला नै अलग छन। शिक्षामा चरम व्यापारीकरण हावी हुनुले पनि जनताले लोकतान्त्रिक विधीको सार्थक शासनको प्रत्याभुती गर्न पाएनन।

मुलुकमा जति पनि शिक्षालयहरु छन ती शिक्षालयहरुमा गरिबका छोराछोरीले पढ्ने शिक्षा त्यही सरकारी शिक्षा र धनाढ्यका छोराछोरीले पढ्ने शिक्षा त्यही महंगो र गुणस्तरीय शिक्षा हुनुले बोर्डिङका कोर्षहरु सरकारी विद्यालयहरुमा अनिवार्य गर्ने शिक्षामन्त्री मुलुकले पाउन सकेन।यसैकारण गरिब तप्काका छोराछोरीहरु थुप्रैले निरक्षर बन्नुपर्ने विडम्बना अझै पनि विकट वस्तीमा गएर अनुगमन गर्ने हो भने नभेटिएलान जस्तो लाग्दैन।

मुलुक अगाडि बढ्न शिक्षा पनि प्रमुख हो तर यो सवाललाई सेतो सिंहदरबारले आत्मसात गर्न सकेन।समान शिक्षाको नारा एकादेशको कथा बनेको कारण जनताले भोट हाल्ने बेलामा मात्रै यी नारा सुन्न विवश भएको कारण गणतन्त्र पूजीवादी महलबाट सर्वहाराको झुपडीमा पुग्न नपाएको विडम्बना लेखेर लेखी साध्य भएन। सम्पूर्ण निजि विद्यालयहरु बन्द गरेर बरु थप सरकारी शिक्षालयहरु खोलेर एकै खाले विद्यामन्दिरहरु नबनाए सम्म जनताका लागि समानताको नारा भ्रमको विगुलको संज्ञा बाहेक अर्को केही हुदैन।

हाम्रो मुलुक कृषिप्रधान मुलुक भएकोले अनिवार्य कृषि शिक्षा सहित व्यावहारिक र व्यावसायिक शिक्षाको कार्यान्वयन नगरेसम्म शिक्षामा क्रान्ती अधुरो रहने हुनाले जिम्मेवार राज्यले यस विषयलाई गम्भीरतापूर्वक सोचोस ।

४.भ्रष्टाचारी बिरुद्ध सरकारको कडाई
मुलुक किन पछि पर्यो ? मुख्य कारण चरम भ्रष्टाचार र ब्रम्हलुटको वजह नै हो। करोडौं खर्च गरेर निर्वाचन जित्ने नेताहरुले खर्बौंको भ्रष्टाचार गर्ने पद्धति हावी भएकोले राजनितीलाई महंगो पेशाको रुपमा अंगिकार गर्नेहरुको राज्य चल्यो। राज्यको ढुकुटी जति जनताको करले भरियो ,रेमिटेन्सले भरियो त्यो सबै बालुवामा पानी जस्तो भयो।

भ्रष्टाचारी विरुद्द कानुन कडा हुन सकेन अनि नागरिक कंगाल र मुलुक कमजोर बन्न पुगे। देश वैदेशिक भिग थाप्न लालयित भयो। तिनै वैदेशिक सहयोग जसलाई अनियमितता गर्नेहरुको कारण आज मुलुकमा भ्रष्टाचार चरम र व्यापक भयो। भ्रष्टाचार गर्ने जोकोहीलाई पनि बलि या फाँसी दिने कानुनको तर्जुमा नहुन्जेल देश अगाडि बढ्न सक्दैन। यसैले भ्रष्टाचार मुलुकको निम्ति घोर अपराध भनेर संविधानमा जनताद्वारा निर्वाचित सांसदहरुले एउटा दफा थप्नुपर्यो तब मात्र मुलुकको ढुकुटी बलियो हुनेछ।
बेथितीको अन्त्य हुनेछ। देश सबल र शासक जनप्रेमी बन्नेछन।

यसको लागि राजनिती गर्नेहरु देशभक्त बनिनुपर्यो। भोट दिने जनताले नै शासकको सेवा र सुविधा तोक्ने खाले प्रणाली आजको आवश्यकता भएको प्रती जिम्मेवार शासक र प्रशासकले ध्यान दिए भने नेपाल र नेपालीले आफ्नो राष्ट्रियता प्रती गौरव गर्न पाउनेछन।

५. सुशासन
जब मुलुकमा नागरिकको जिउ धनको सुरक्षाको विधि र विधान बन्छ तब सुशासन आफै भित्रीन पाउनेछ।ठुलालाई चैन सानालाई ऐन लोकतान्त्रिक गणतन्त्रको नेपालमा पनि हट्न सकेन ।यसैले बरोबर र समान कानुनी राज्यको निर्धारण भएमा अपराध ,बलात्कार ,हिंसा,अन्याय,अत्याचारको स्वतः विघटन हुनेछ। नागरिकले राज्य भएको अनुभूति गर्नेछन। आफ्नो र अर्कोको भेदभावजन्य राज्य देखापर्ने छैन।

सरकार जुनसुकै पार्टीको भए पनि नागरिकले साझा सरकारको प्रत्याभुती गर्न पाउनेछन। अनि मात्रै मुलुकमा आम जनताले लोकतान्त्रिक गणतन्त्रको महशुस गर्न पाउनेछन। नत्र व्यवस्था बदलियो अवस्था बदलिएन भन्दै नागरिकले प्राप्त परिवर्तनको कुनै आभास गर्न पाउने छैनन।नेपाली राजनीति पेशामुखी भो सेवामुखी हुन सकेन।

यसले समाजमा यो वाद र उ वादको वादविवाद गरायो,जसले हेपाहा प्रबृत्ती जन्मायो। एकै घरका परिवार परिवार विच बैचारिक बेमेल मात्रै निम्त्याएन क्रुरता र क्रुद्धपनको प्रारम्भ गरायो। एउटा धर्मले अर्को धर्मलाई हिजो हिन्दुराष्ट्र हुदा होच्याएको सुनिएको थिएन आज दसैं नै बहिस्कार गरेर कालो टीका लगाएर बजारमा होहल्ला गर्नेहरु पनि बढे।

जसले नेपालको सरकारलाई ध्यानाकर्षण गराएन। विधिको विधान र नितिको नियम नांगो भएकै कारण यहाँ विभिन्न खाले तिक्डमबाजी भैरहेका हुन कि जस्तो लाग्छ।
जिम्मेवार राजनीतिका नेतागणहरु नै बेहोसमा बोल्न थालिसके कि गणतन्त्रमा कोहि राजावादी हुन्छ?कोहि प्रतिक्रियावादी हुन्छ? कोहि भुत र प्रेत हुन्छ ?? सायदै हुदैन ,यस्तो त कच्चा र पराधीन सोचको अलावा बोलिन्छ जस्तो लाग्छ।

मलाई लाग्छ,सत्तामा जुनसुकै दल जाओस,उसको नजरमा यो मेरो पार्टीको मान्छे उ अर्को पार्टीको मान्छे भन्ने कुभावको अन्त्य नभएसम्म यहाँ प्रतिशोधको चंगुलमा नेपाली राजनीति सुस्ताइरहन विवश हुनुपर्नेछ।
सारा नेपाली जुनसुकै विचार बोकोस त्यो मानिस सरकारको आखामा कुन दलको भन्ने हुनुहुदैन। बरु त्यो एक नेपाली हो भन्ने ज्ञान हुनु जरुरी छ।

यहाँनेर जुनसुकै नेपाली मरोस त्यो एक आम नेपाली नागरिकको मृत्यु हो भन्ने बोध हुनुपर्नेमा एउटा घर शोकमा डुब्दा अर्को घर मादल बजाएर नाचिदिने प्रबृत्ती हावी भएको छ।कारण यो राजनिती भित्रको कुरुपता हो। यहि कुरुपपन भिरु मानसिकताले मुलुकलाई सुरुप र सुदिन किमार्थ ल्याउदैन।

विकसित मुलुक तर जनता एउटा हातमा आँसु र एउटा हातमा गाँस लिएर बाच्न विवश छ तर उ विशाल महंगो महलभित्र छ भने पनि उसलाई सुख र सुविधाले कुनै सरोकार राख्दैन।उसको पीडा प्रधान हुन्छ भन्ने भाव हामीमा कहिले विकसित हुने?

एउटा स्कुल बनाइदिएर,एउटा बाटो बनाइदिएर र बिजुली बत्ती बालेर के के न गर्यौं भनेर कुनै मानिसले नसोचे हुन्छ,कारण संसार अन्तरिक्षमा भ्रमण गर्न पुग्दा हामी हाम्रै सिमानामा हराइरहेका छौं।
युग अनुसारको विकास नभएकै बजह मुलुकमा विभिन्न समस्याहरु एक साथ आउदैछन ती समस्याहरुले पुनः मुलुक र जनजिविकाको अवस्थालाई कठोर बनाउने पो हो कि भन्ने भय सर्वत्र छाइरहेको अवस्था छ।

गणतन्त्रको सत्ताले कोहिकसैलाई दमन गर्नु भनेको बाहुनवादीहरुले दलितहरुलाई अछुत बनाए जस्तै हो। मुक्ती भनेको बोल्न पाइयो भन्ने हैन ,मुक्ती भनेको आनन्दले बाच्न पाइयो भन्ने चाहिँ हो।
आज त्यो आनन्द नेता र सांसदहरुलाई जति छ जनतालाईपनि त्यतिनै छ त भन्ने प्रश्नले बदलिएको अवस्थाको स्थितिलाई केलाउन मद्दत पुग्छ।

अब यो मुलुकको राजनितीलाई विश्वको मोडेल बनाउन र नेपाली कम्युनिस्टको इतिहासलाई विश्वभरी हाइहाई बनाउन नेपालका सांसद,मन्त्री,प्रधानमन्त्री ,राष्ट्रपती लगायत तल्लो तहको स्थानिय निकायका जनप्रतिनिधिहरुसम्म सबैका सेवासुविधा एकमुष्ट खारेजको फैसला सम्मानित अदालतले सुनाइदिए देखि आजको जस्तो पाइलै पिच्छे राजनितीका हावा र हुरिहरु सदाको लागि बन्द हुन्थे।

देश बनाउने भनेर नेपाली जनतालाई दिग्भ्रमित पार्दै आफ्नो विरासत सजाउने कमाउवादहरुको राजिनामा दर्ता गरेर नै भ्याइदैन थियो। अनि सक्षम र देशभक्तहरुको हातमा मुलुकको सत्ता निर्माण हुन्थ्यो जसले आम जनतालाई सत्ताको मालिक बनाएर आफू जनताको सेवक बन्दै देश र जनताको हित गर्थ्यो भन्ने महसुस हामी आम नेपालीले गर्ने बेला अब टाढा हैन नजिक ल्याउन एउटा घनिभुत आन्दोलन गरौं जुन आन्दोलनले यो मुलुकका सत्तासीनहरुलाई सर्वहारा बनाउदै सच्चा गणतन्त्रको विश्व सन्देश दिन अब धेरै कमाउने पेशाको रूपमा चर्चित नेपाली राजनितीलाई परिवर्तन गर्न र यसको विशेष मोडालिटी तयार गर्न नेपाली जनता जुट्नु पर्यो।

जनताको हालत बिहान हातमुख जोरे बेलुकी के खाने भन्ने अवस्थामा हुदा प्रधानमन्त्रीको सम्पत्ती नै अरबौंको हुनुले हामी आम नेपालीलाई राजनिती देशसेवाको नाममा पेशा हो भन्ने भान पारिरहेको छ।

जनताका आवाज नै संविधानका मर्म हुन भन्ने ख्याल गर्दै यो मुलुकमा विभिन्न नामधारी दलको अन्त्य गर्दै हामी सबै नेपाली भन्ने भावको देश बनाउने नियतको तथाकथित अन्तरास्ट्रियवाद भन्दा हाम्रै नेपालीवादलाई स्थापित गराउदै देश बनाउने दल एउटामात्र खोलिनुपर्यो।
जहाँ को कांग्रेस ,को कम्युनिस्ट ,को हाम्रो ,को अर्कोको भाव नै समाप्त हुनेछ र राष्ट्रिय भावना एकता ,सद्भाव र मुलुकको समुन्नतीको निम्ती हामी आम युवालाई राज्यले काममा खटाउदै आफ्नो मुलुक आफै बनाउ भन्ने सन्देश आम विश्वलाई पस्कदै अघि बढ्ने हो भने कुनै शक्तिशाली राष्ट्रसंग भिग मागेर र गरिब जनताको रगतपसिना चुसेर राज्य चलाउनुपर्ने हुन्न थियो।

आशा गरौं, मुलुकको संविधान हामी सबैको निम्ति वास्तविक अस्त्र बन्नेछ।जसले मुलुक बर्बादीका सपनाहरूलाई खोरमा थुन्नेछ। जनहितको निम्ति संविधानले जनतालाई एकतामा बाध्नेछ।देशमा साच्चै सरकारको अनुभूति गराउनुछ भने यसो गरिनुपर्छ। जनताको रगतपसिनाले सन्चित धनलाई सेवासुविधा लिएर राजनिती गर्नेले सारा नेपालीको साझा जनप्रतिनिधि बन्ने साहस गर्न सक्नुपर्छ।

मुलुकका प्रत्येक जिल्लाका जिल्ला कार्यालयहरुमा अख्तियारका विशेष दस्ता परिचालन गर्नुपर्छ। जनतासँग लिने कर सस्तो बनाइनुपर्छ। नागरिकले अड्डा,अदालत र प्रशासनमा ससम्मान आफ्नो कामहरु गर्न पाउनुपर्छ।

यदि यो सच्चा गणतन्त्र हो भने….

नागरिक गणतन्त्रका सर्जक हुन भने सत्ता नागरिकको कामदार सरह बन्नुपर्छ। राजनिती देश सेवा हो भने सेवासुविधा त्याग्न सक्नुपर्छ ।

हैन राजनीति पनि पेशा हो भने कर्मचारी जागिरे जस्तो नेता हुनुपर्छ । जनताको करले नेता मोटाउने होइन देश विकसित हुनुपर्छ । युवा पलायन रोकेर र पलायन युवालाई समेत नेपालमा नै स्थापित गरेर समृद्दिको रिवन काट्नुपर्छ। आमसभाहरु धेरै हुने देश होइन बरु थोरै सभा र धेरै देशबिकासका कार्यहरु गरिनुपर्छ।

नागरिक नै मुलुकको सर्वोच्च हुन् भने नेता र सत्ताले पाउने सुविधा जनताले पाउनुपर्छ । जनताको कर र युवाको रगत पोतिएको रेमिटेन्सले जनतको काम गर्नुपर्छ। मुलुकमा शिक्षा र स्वास्थ्य नि: शुल्क हुनुपर्छ ।

कोहि नागरिकले अलिकती दुख पायो भने सडकमा आएर आन्दोलन होइन जिम्मेवार सुरक्षा निकायले उक्त पिडित समक्ष जानुपर्छ। अनि मात्र गाउगाउमा सिंहदरबार भएको अनुभूति जनताले गर्नेछन् ।

नेताहरुलाई ५०/६० जना सुरक्षाकर्मीको सुरक्षा चाहिदैन त्यतिबेला प्रचण्ड ,ओली,देउवा,कमल थापा,बिष्णु पौडेल ,भानुभक्त ढकाल ,गोकुल बास्कोटाहरु साझा बसमा यात्रा गर्न सक्छन् ।

सुरक्षा उनिहरुको जनताले गर्नेछ। मुलुकमा विभिन्न सभा समारोह गर्ने पैसाले असहायलाई भत्ता र घरबारबिहिनहरुलाई गाँस,बास र कपास दिलाउनुपर्छ। निभेका जनताका चुल्हाहरुमा आगो बाल्दिनुपर्छ।

मुलुकको सुरक्षाकर्मीहरुको तलब,डाक्टरहरुको तलब मासिक लाख रूपैया हुनुपर्छ। बेरोजगार बस्नु या काम नगर्नु राज्यको निम्ति अपराध हो भन्न सिद्धान्त अनुरुप हरेक नागरिक २१ वर्ष देखि ५५ वर्षसम्मका उमेर समूहले दैनिक आठ घन्टा अनिवार्य काम गर्नुपर्छ। एक पटक मन्त्री,प्रधानमन्त्री भएको मान्छे दोश्रोपटक प्रधानमन्त्री ,मन्त्री बन्न नपाउने नियम बनाइनुपर्छ।

सुशासनका लागि कोहिसँग सम्झौता गरिनुहुन्न।यद्यपि आफ्नै बाबू होस या छोरा गल्ती गरेपछी दोषको भागिदार जो कोहि बन्नैपर्छ। मुलुकभर उद्योगधन्दा सन्चालन गरिनुपर्छ। नमुना गाउँ होइन नमुना देश बनाउनुपर्छ। आजसम्मका राजनितीक दलहरुको समूल अन्त्य गर्दै नया राजनीतिक दल बनाइनुपर्छ। जुन दल आजजस्तो राज्यको धन खर्चेर दल बनाउने होइन मुलुक बिकसित बनाउने खाले हुनुपर्छ ।

हाम्रो देश सिंगापुर जस्तो होइन बरु सिंगापुर पनि नेपाल देखि लोभियोस यस्तो देश बनाइनुपर्छ। अनि मुलुकले बुद्धभूमिको सार्थकता पाउनेछ ।अन्यथा,अयोध्याको राममन्दिर होइन रावणको राज्यको पर्याय देश बन्दै गरेको सत्यलाई नकारे हाम्रा चेली मात्र बलात्कृत हुदैनन् देश नै धरापमा परिसकेको सत्यलाई जबर्जस्त स्विकार गर्नैपर्छ।

२२ जेष्ठ २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको