माओवादीले बुझायो समर्थन फिर्ता लिएको पत्र (पत्रसहित)


वैशाख २२, काठमाडौ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

बुधबार बिहान संसद सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाइएको हो। माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन्।

यसअघि मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

२०७४ फागुन ३ गते प्रधानमन्त्री ओलीलाई माओवादीले समर्थन दिएको थियो।

२८ फागुनमा एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो। त्यसयता माओवादी केन्द्र राजनीतिक रुपमा प्रधानमन्त्री ओलीको विपक्षमा रहे पनि प्राविधिक रुपमा डेढ महिनासम्म सरकारलाई नै साथ दिइरहेको थियो ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरिसकेका छन्। संसद बैठक आह्वान भइसकेको छ।

हेर्नुस पत्र

२२ बैशाख २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको