नयाँ वर्ष २०७८ को अवसरमा मगर संसार ग्रुप भित्र बैशाख ४ गतेबाट सिपमूलक भिडियो प्रतियोगिता सुरु हुने


पोष्टपाटी काठमाण्डौ । नयाँ बर्ष २०७८ को अबसरमा बैशाख ४ गरेदेखि सिपमूलक भिडियो प्रतियोगिता सुरु हुने भएको छ । “भेषभुषा, भाषा, धर्म, सस्कार, संस्कृतिलाई संरक्षण गरौं, विश्व भरिका मगरहरुलाई एकजुट गराऔं” भन्ने उद्देश्यले स्थापित मगर संसार फोटो ग्यालरीले ‘सिप सिकौं, आत्म निर्भर बनौँ, अरूलाई सिकाऔं र आफैबाट रोजगारीको सृजना गरौँ’ भन्ने उद्देश्यका साथ सिपमुलक भिडियो प्रतियोगिता – २०७८ आयोजना गर्न लागिएको हो । मगर संसारको फेसबुक ग्रुप भित्र १७ अप्रिल २०२१ तदनुसार २०७८ बैशाख ४ गते शनिवार बिहान ८ बजे देखी शुरु हुनेछ ।

मगर समुदायको लागि विभिन्न प्रतियोगिताहरु आयोजना गर्दै आएको फोटो ग्यालरीले पुनः मगर समुदायले प्रयोग गर्ने लोप भई सकेका सामग्री/औजार/भाँडाकुँडाहरुको संरक्षण र प्रचार गर्ने उद्देश्यले ग्रुप भित्र यो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

चैत ६ गते शुक्रवार तदनुसार १९ मार्च, २०२१ बिहान ८ बजे देखी शुरु भएको प्रतियोगितामा प्रथम रु.८,०००/- र सम्मानपत्र प्रदान गरिनेछ । त्यस्तै द्वितीय पुरस्कारमा ६ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ भने तृतीय र सान्त्वना पुरस्कारको लागि क्रमशः ४ हजार, २ हजार सहित सम्मानपत्र प्रदान गरिनेछ ।

यो प्रतियोगिताको लागि विभिन्न ब्यक्तिहरुबाट सहयोग प्राप्त भएको छ । प्रथम पुरस्कारको लागि हाल कोरियामा बसोबास गरिरहेका कपिलवस्तुका जिम्ब मगरले प्रायोजन गरेका छन् । त्यस्तै दोस्रो पुरस्कारको प्रायोजकमा हाल हङकङमा बसोबास गरिरहेका रबिन्द्र थापा मगरले प्रायोजन गरेका छन् भने तृतीय पुरस्कार बागलुङका लिला थापा मगर र हाल मलेसियामा रहेका रोल्पा निबासी रामप्रसाद पुन मगर प्रायोजन गरेका छन् । सान्त्वना पुरस्कार जापानमा बसोबास गरिरहेका बागलुङका प्रेम दर्लामी मगरले प्रायोजन गरेका हुन् ।

आयोजकले प्रतियोगीको लागि केही नियमहरु पारित गरेको छ ।

✅१)प्रतियोगीले आफुले जानेको सिपको भिडियो बनाई प्रतियोगिता सहभागी हुन सकिनेछ ।

✅२) भिडियो बनाउँदा नाम ,ठेगाना भन्नु पर्ने छ र भिडियो ५ मिनेट देखी ८ मिनेट सम्मको भिडियो हुनुपर्ने छ। प्रतियोगीले मगर पोशाक अनिवार्य लगाउनु पर्ने छ।

✅ ३)भिडियो सिंगल हुनुपर्ने छ तर डबल तथा सामुहिक रुपमा बसेर बनाएको भिडियो मान्य हुने छैन ।

✅४)अरुको भिडियो पोष्ट गर्न पाइने छैन तर परिवार भित्रको भिडियो भने परिवारको कुनै सदस्य ले पोस्ट गर्न सकिनेछ

✅५) प्रतियोगिताको लागि भिडियो पोष्ट गर्ने समय २०७८ बैशाख ४ गते शनिवार बिहानको ८ बजे देखी रातिको ८ बजे सम्म मात्र रहनेछ। र प्रतियोगीको भिडियो एकै साथ बेलूकी ८ बजे पछि अप्रुभ गरिनेछ।

✅५) भिडियो पोष्ट गर्दा नाम,ठेगाना उल्लेख गरी पोष्ट गर्नुपर्नेछ । मगर साथिलाई जोइन्ड गर्नुपर्ने छ ।
पुरुष/महिला सबैले सहभागिता जनाउन सकिनेछ ।

✅६) भोटिंग समय ६ दिन मात्र अर्थात २०७८ बैशाख १० गते शुक्रवार बेलूकी ६ बजेसम्म मात्र रहनेछ।

✅७) नतिजा like को आधारमा घोषणा गरिनेछ। र बिजेता बाहेक पुरुष/महिला प्रतियोगी बाट १/१ जना गरी २ जना प्रतियोगीलाई उत्कृष्ट बिजेता घोषणा गरिनेछ। मेंशन, शेयर, कमेन्ट,tag गर्न पाउनेछ।

✅८) Auto like मान्य हुने छैन । अन्य प्रतियोगीको पोष्टमा लिंक राखेर भोट माग्न पाइने छैन ।

✅९) नतीजा २०७८ बैशाख ११ गते शनिवार बेलूकी ५ बजे जूम भर्चुअल मार्फत सार्बजनिक गरिने।

✅ १०) बिजेता प्रतियोगी अनिवार्य live बसी आफुले बनाएको सिप मुलक गेमको भिडियो मगर संसार ग्रुप भित्र live बसी मेम्बरलाई देखाउनु पर्नेछ।

✅ ११) प्रतियोगिताको भोटिंग समयमा प्रतियोगिले पोष्ट को caption वा भिडियो इडित गर्न पाइने छैन। यदि गरेको खण्डमा पुनः पोस्ट गर्न अनुमति admin ले दिनेछौ तर like भने देलेट भएको पोस्ट को मान्य हुने छैन।

✅१२) प्रतियोगितामा कुनै बिबाद आएको खण्डमा एडमिन समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ।

✅ १३) प्रतियोगिताको बेला महत्वपूर्ण सूचना पोष्ट बाहेक अन्य पोष्ट बन्द रहनेछ।

✅पुरस्कारहरु:-

पुरूष तर्फ:- Top 4 भित्र पर्ने प्रतियोगीलाई ५/५ हजारको दरले पुरस्कार उपलब्ध गरिनेछ।

महिला तर्फ:- Top 4 भित्र पर्ने प्रतियोगीलाई ५/५ हजारको दरले पुरस्कार उपलब्ध गरिनेछ ।

बिजेता बाहेक दुइ प्रतियोगिलाई उत्कृष्ट बिजेता घोषणा गरिनेछ । जून पुरूष महिला बाट १/१ जना गरी दुइ जनाले पाउने छन। रू.५/५ हजार र साथमा सम्मान – पत्र पनि प्रदान गरिनेछ ।
पुरस्कार प्रायोजकहरु:
१) डी.के बुढा मगर – पूर्व रुकुम ,तकसेरा हाल अमेरिका
रू.१०,०००/-

२)जेनिसिस थापा मगर – तनहूँ हाल बहराइन
रू.५,०००/-

३) मन बलाल मगर – कालीगण्डकी – ५, गुल्मी हाल कोरिया
रू.५,०००/-

४) गोकर्ण थापा मगर – बिरूवा- ४, स्याङजा हाल कोरिया
रू.५,०००/-

५) दोनु सारू मगर – देवदह -३,रूपनदेही हाल कोरिया
रू.३,०००/-

६) दिपेश बुढा/देवी बुढा मगर – दैलेख कर्णाली प्रदेश
रू.४,०००/-

७) सागर थापा मगर – हरिनास – ४,स्याङजा हाल कोरिया
रू.२,५००/-

८) तूल प्रसाद पुनमगर – गल्कोट-११,रिघा,बागलुङ हाल जापान रू.५,०००/-

९) बसन्त आले मगर – भिमाद -५, तनहु हाल कोरिया
रू.५,०००/-

१०) हिमाल बुढा मगर – रोल्पा, थवाङ हाल पोर्चुगल
रू.५,०००/-

११) सूर्य झेंडी मगर – भिमाद-९ तनहु हाल कोरिया रू.१०,०००/-

१२) होटल सिरु ktm नया बस पार्कका सञ्चालक लिला ब.ठाडा मगर घर नवलपुर कावासोती रू.५,०००/-

१३) बिल पुर्जा पुन मगर – म्याग्दी अन्नपूर्ण हाल लण्डन,U.K रू.५,५८६/-

१४) रन्जिता थापा मगर (गायिका) – तनहु देवघाट हाल ktm रू.४,०००/-

१५) सुरेश बुढा मगर – अध्यक्ष: नेपाल मगर संघ क्षेत्रीय समिति जोहोर मलेशिया,घोराही-१२, बडहरा – दाङ रू.३,०००/-

१६) कुल सारू मगर – धरान हाल मलेशिया रू.२,६५२/-

२३ चैत्र २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको