गंगादेव गाउँपालिकामा सम्मान तथा प्रोत्साहन कार्यक्रम सम्पन्न


फागुन २१, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा सम्मान तथा प्रोत्साहन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शहिद परिवार, जनयुद्दका घाइते तथा अपांगहरुलाई सम्मान र एकल महिला तथा पुरुषलाइ प्रोत्साहन कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा शहिद परिवार, घाइते-अपांगलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने एकल महिला तथा पुरुषलाई प्रोत्साहन पत्र र दोसल्ला ओढाएर प्रोत्साहित गरिएको थियो ।

सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई मुख्य मन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रमले आर्थिक सहयोग रहेको छ।

गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष खत्रीले सहिदको उच्च सम्मान गर्नु पर्ने बताउदै, दशबर्षे जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्न सबै सचेत हुनु पर्ने बताएका थिए ।

गाउँपालिका उपाध्यक्ष रिता घर्तिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन गाउँपालिका प्रेस संयोजक अशोक वली ‘परिवर्तन’ले गरेका थिए ।

फोटोहरु/गाउँपालिका प्रेस संयोजक अशोक ओली 

२१ फाल्गुन २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको