फागुन २१, काठमाडौँ । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ ।
सहमतिको विस्तृत विवरणसहित आज (शुक्रबार) एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवले सम्बोधन गर्ने भएका छन् । बिहीबार जारी प्रेस नोटमा उल्लेख भए अनुसार आज २ बजे प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चमा सम्बोधन गर्ने कार्यक्रम रहेको हो ।
सरकार र विप्लव नेकपाबीच विहीबारको वार्तापछि सार्वजनिक भएको प्रेस नोटमा तीन बुँदे सहमति भएको उल्लेख छ । सो सहमतिलाई बिहीबारै बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरिसकेको छ ।
प्रेस नोटमा विप्लव नेकपा शान्तिपूर्ण राजनीतिमा आउने, सरकारले प्रतिबन्ध हटाउने, बन्दीलाई रिहा गर्ने र मुद्दा खारेज गर्ने उल्लेख छ ।
संसदवादी दलहरुबाट जनक्रान्ति सफल नहुने भन्दै विप्लवले छुट्टै पार्टी गठन गरी आफ्ना गतिविधि सुरु गरेका थिए । ह त्या, हिं सालाई अंगालेको भन्दै सरकारले २०७५ फागुन २८ गते विप्लव नेकपामाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लव सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।
प्रतिक्रिया दिनुहोस