पोष्टपाटी, काठमाण्डौ ।
मगर संसार फोटो ग्यालरीले वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । ३९ औं मगर एकता दिवसको अवसरमा फाल्गुन २ गतेदेखि यो प्रतियोगिता गर्न लागिएको हो । “भेषभुषा, भाषा, धर्म, सस्कार र संस्कृतिलाई संरक्षण गरौँ, विश्व भरिका मगरलाई एकजुट गराऔं “भन्ने मूल नाराका साथ नेपाल मगर संघ क्षत्रीय समिति जोहोर मलेशिया तथा इकाई समिति देशा चेम्बर लाङ्गको प्रायोजनमा मगर संसार (Magar Sansar) Photo Gallery ग्रुप पेज भित्र यो प्रतियोगिता गर्न लागिएको हो । मगर समुदायको ऐतिहासिक दिन ३९ औ मगर एकता दिवस फाल्गुन १५ को अवसरमा १२ बर्ष माथिका मगर समुदायहरुको सहभागी जनाउन आयोजकले अनुरोध गरेको छ । मगर एकता दिवस र यसको महत्त्व बारे भिडियो बनाएर ग्रुपमा पोष्ट गर्नुपर्ने छ ।
प्रतियोगिता फाल्गुन २ गते (2021 Feb.14) आइतबार बिहान ८ बजे देखी सुरु हुनेछ । नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय अध्यक्ष कविराज मगर र संचारकर्मी श्याम राना मगर निर्णायक मण्डल रहेको प्रतियोगितामा विजेताहरुको लागि पुरस्कार पनि घोषणा गरिएको छ । प्रथम हुने प्रतियोगील%0ई रु.१०,०००/- र सम्मान पत्र रहेको छ भने क्रमशः दोस्रो हुनेलाई रू.७,०००/- र सम्मान पत्र, तृतीयको लागि रू.५,०००/- र सम्मानपत्र रहेको छ भने सान्त्वना हुने प्रतियोगिलाई रू.३,०००/- र सम्मानपत्र प्रदान गरिनेछ । साथै मगर भाषामा भिडियो बनाउने सम्पूर्ण प्रतियोगीलाई भांग्रा उपहार प्रदान गरिनेछ ।
आयोजकले प्रतियोगिताको लागि केहि नियमहरु पनि पारित गरेको छ ।
नियमहरु:
१) प्रतियोगीले मगर ड्रेस लगाउनु पर्नेछ। out ड्रेसमा मान्य हुने छैन। र अनिवार्य आफ्नो परिचय उल्लेख गरी भिडियो बनाउनु पर्नेछ ।
२) प्रतियोगीले भिडियो कम्तिमा ५ मीनेट देखी बढीमा ८ मीनेट सम्म बनाउनु पर्ने छ। ५ मिनेट भन्दा कम र ८ मीनेट भन्दा बढी भएको भिडियो मान्य हुने छैन ।
३) भिडियो बनाउँदा मगर भाषा वा खसमा बनाउन सकिनेछ । तर मगर भाषा(ढूट,खाम, काइके) प्रयोग गरी भिडियो बनाएको खण्डमा भाषा प्रयोग गर्ने सम्पूर्ण प्रतियोगीले भांग्रा उपहार पाउनेछ ।
४) १२ बर्ष माथिका उमेर समुहका मगर पुरुष/महिला लाफाहरुले सहभागी जनाउन सकिनेछ। १२ बर्ष मुनिका उमेर समुहले सहभागी जनाउन पाउने छैन ।
५) प्रतियोगिताको लागि भिडियो post गर्ने समय २०७७ फाल्गुन २ गते आइतबार बिहानको ८ बजे देखी रातिको ८ बजे सम्म मात्र(१२ घण्टा सम्म मात्र) ।
६) भिडियो post गर्दा नाम,ठेगाना उल्लेख गरी post गर्नुपर्नेछ ।
७) भोटिंग समय ५ दिन मात्र अर्थात फाल्गुन ७ गते सुक्रबार बेलूकी ५ बजेसम्म मात्र ।
८) नतिजा ५०% like र ५० % जजको आधारमा घोषणा गरिनेछ ।
९) Auto like मान्य हुने छैन । Auto पाइएमा स्वतः भिडियो डिलेट हुने ।
१०) नतीजा zoom मार्फत फाल्गुन ९ गते आइतबार बेलूकी ५ बजे सार्बजनिक गरिने ।
११) प्रतियोगिताको लागि आएको सम्पूर्ण पोष्टहरु बेलूकी एकमुष्ठ रुपमा भिडियो पोष्ट गर्ने समय समाप्त भएपछि एप्रुभ गरिनेछ । अर्थात फाल्गुन २ गते आइतबार बेलूकी ८ पछि एकमुष्ठ पेन्डीङ ओपन हुनेछ ।
१२) प्रतियोगितामा कुनै बिबाद आएको खण्डमा एडमिन समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ।
१३) प्रतियोगिताको बेला महत्वपूर्ण सूचना बाहेक अन्य पोष्टहरु बन्द रहनेछन् ।
मगर संसार फोटो ग्यालरीको संचालक समितिको संस्थापक तथा अध्यक्ष अनिल लामिछाने मगर रहेको संचालक समितिमा एडमिनहरुमा बिखर्ची रोका मगर, मन मास्की रानामगर, शान्ति राना मगर, प्रनिष आले मगर, रन्जु मगर, नबिन मगर, छिनिङ मगर, तिर्सना झेंडी मगर, लक्ष्मी थापा मगर, मोनीका मगरनी, अञ्जली राना मगर, प्रिया राना मगर, तिर्सना थापा मगर, दिलु मगरनी, पृथीछक बुढा मगर, पवित्रा थापा मगर, युगेश पांमी मगर, राजेन्द्र राना मगर, बिष्णु ढेगा मगर, अमीर मगर, तुगा राना मगर, नबिना पुन मगर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस