पोष्टपाटी, काठमाडौं ।
मगर संसार राहत कोषले आफ्नो ४१ औं सहयोग हस्तान्तरण गरेको छ । खोटाङ जिल्ला लामीडांडा निवासी रत्नाबहादुर मगरलाई १५ हजार रुपैंया सहयोग हस्तांतरण गरेको हो । मगर संसार फोटो ग्यालरी ग्रुप पेजद्वारा अति दीन, दुखी, गरीब बिरामिहरुको लागि सहयोग गर्ने उद्देश्यले खोलिएको मगर संसार राहतकोषले मगर संसारका एडमीन/सदस्य तुल्सी आले मगरको हातबाट उक्त सहयोग हस्तान्तरण गरेको थियो ।
अनिल लामिछाने मगर अध्यक्ष रहेको मगर संसार परिवार गरिव दुखिहरुको सहयोगमा हरदम क्रियाशील रहेकाले ग्रुप भित्र आबद्ध रहेका मनकारी मगर समुदायले ग्रुप एडमिनहरुलाई सम्पर्क गरि थोरै भएपनि सहयोग गर्न एडमिन परिवारले सम्पूर्ण मगर समुदायहरुलाई अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस