पुस २१, रोल्पा । श्रीमानको सहयोगमा रोल्पा सदरमुकाम लिबाङमा नास्ता पसल गर्थिन । जेठो छोराको भरखरै विवाह भएको थियो । माईलो छोराको पनि विवाह गरिदिने तयारीमा थिई । रोजगारीमा विदेश भएका माहिलो छोरा भुवनले आफु विरामी भएको खबर सुनाए । काम गर्न नसक्ने भएपछि भुवन नेपाल फर्किए । नेपाल फर्किएपछि गण्डकी मेडिकल कलेज पोखरामा उनको स्वास्थ्य परिक्षण गरियो । स्वास्थ्य परिक्षण सँगै भुवनलाई मलद्धार नलीको क्यान्सर भएको रिपोर्ट आयो ।
२३ वर्षे लाउलाउ खाउँखाउको उमेरमा छोरालाई क्यान्सर भएको खबर सुनेपछि भुवनको आमा देवा महरा बेहोस भईन । सोच्दै नसोचेको कुरा सुनेपछि मलाई सम्हालिन कैयौं दिन लाग्यो । सुरुमा क्यान्सर लागेपछि उपचार हुदैन भन्ने लागेर म निकै आत्तिएको थिए । तर समयमै उपचार पाए क्यान्सर निको हुन्छ भन्ने सुनेपछि केही सहज भयो महराले भनिन ।
छोरा भुवनलाई विपी कोइराला क्यान्सर अस्पताल भरतपुर चितवनमा भर्ना गरि अस्पतालले क्यान्सरको सेकाई गर्यो । केमो थेरापी गर्यो र क्यान्सर भएको भाग काटेर फाल्न दुईपटक अप्रेशन गर्यो । उनले घरमा भएको सबै धनसम्पत्ती सकिसकेकी थिईन । भएको सानो घर जमानी राखेर बैँकबाट ऋण लिइन । आफन्त ईष्टमित्र सबैसँग ऋण लिएर छोराको उपचार गरिन । अघिल्लो वर्ष माघ १ गते अस्पतालले डिस्चार्ज गर्यो । महिना महिना अस्पताल जानुपथ्र्यो । अप्रेशन पछि २ पटक अस्पताल गएका उनीहरु चैत्र ११ पछि भएको लकडाउनका कारण अस्पतालन जान सकेनन ।
उपचारका क्रममा लामो समय चितवन बस्दा श्रीमान दलबहादुर महरा घरमा भएका भाडाकुडा उठाएर वेपत्ता भए । करिव ३ महिना पछि चितवनबाट घर फर्कदा घरमा न श्रीमान छन् न त भाँडाकुडा नै । छोरालाई रोग लाग्दा श्रीमानबाट सहयोग पाउने आशमा रहेकी देवा सहयोग पाउनु त कहाँ हो कहाँ घरमा भएका भाडाकुडा लगेर अहिलेसम्म वेपत्ता हुँदा मनमा ठूलो चोट लाग्यो । श्रीमान कहाँ छन् के गर्दैछन अहिलेसम्म उनी बेखवर छिन । जहाँ भएपनि बाँचिरहुन भनेर उनको नाममा सिन्दुर लगाईरहेको छु सिन्दुर देखाउदै महराले भनिन ।
साउन देखी पुनः अस्पताल जान थाले । साउन यता अस्पताल जाँदा चन्दा सहयोगको भर परिन । आफन्तहरुले गरेको चन्दा सहयोग एवम जेठो छोरा भरत र आफुले गरेको ज्याला मजदुरीबाट आएको पैसाले जसोतसो उपचार गर्न थालिन ।
मलद्धार नली काटेर फालेसँगै भुवनले १ वर्ष देखी पेटमा निकालिएको नलिबाट दिसा गर्छन । दिसाका लागी थैलि राखिएको छ त्यही थैलीमा दिसा जम्मा हुने गर्दछ । कहिलेसम्म उपचार गर्नुपर्ने हो, कति खर्च लाग्ने हो कुनै ठेगान छैन महराले भनिन । छोराको यस्तो अवस्था देखेर यूट्युव च्यानलले भिडियो प्रसार गरेपछि केही सहयोगीहरुले सहयोग गर्न थाल्नुभएको छ । अहिलेसम्म २ लाख ५० हजार जती रकम संकलन भएको छ । अब छोराको जिन्दगी सहयोगीहरुको हातमा छ, महराले भनिन ।
स्वदेश तथा विदेशका दानीहरुले सहयोग गरिरहनुभएको छ । अमेरिकाबाट भूपनारायण घर्तीमगरको पहलमा अमेरिका समाज रोल्पामा आवद्ध व्यक्तिहरुले ४८ हजार भन्दा बढि रकम सहयोग गर्नुभएको छ । यसैगरि बुटवलका समाजसेवी सरद देवकोटाको पहलमा ६ हजार ५ सय वुटवलकै मनिमुकुन्द क्याम्पसका शिक्षक तथा विद्यार्थीहरुबाट २२ हजार ८ सय सहयोग भएको महराले जानकारी दिईन । जन्मदिन, विवाह वर्षगाँठ तथा आमा वुवाको श्राद्धको उपलक्ष्यमा भुवनलाई सहयोग गर्नेहरुको संख्या बढेको छ । बुवा आमाले दिएको दक्षिणावापत रु १ सय सहयोग गर्ने देखी अमेरिकामा रहेका रोल्पालीहरुको संगठनले सहयोग गर्ने काम भएको छ । अहिले सम्म १ सय बढी व्यक्ति तथा संघ संस्थाले सहयोग गरिसकेका छन् महराले भनिन ।
उपचारका क्रममा लामो समय चितवन बस्दा श्रीमान दलबहादुर महरा घरमा भएका भाडाकुडा उठाएर वेपत्ता भए । करिव ३ महिना पछि चितवनबाट घर फर्कदा घरमा न श्रीमान छन् न त भाँडाकुडा नै । छोरालाई रोग लाग्दा श्रीमानबाट सहयोग पाउने आशमा रहेकी देवा सहयोग पाउनु त कहाँ हो कहाँ घरमा भएका भाडाकुडा लगेर अहिलेसम्म वेपत्ता हुँदा मनमा ठूलो चोट लाग्यो । श्रीमान कहाँ छन् के गर्दैछन अहिलेसम्म उनी बेखवर छिन । जहाँ भएपनि बाँचिरहुन भनेर उनको नाममा सिन्दुर लगाईरहेको छु सिन्दुर देखाउदै महराले भनिन ।
प्रतिक्रिया दिनुहोस