प्रहरीमा ३० एसपीको सरुवा, को कहाँ भए सरुवा ?


पुस २१, काठमाडौं । नेपाल प्रहरीका ३० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार भएको सरुवामा केही जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन् ।

सरुवा सूची अनुसार प्रधानमन्त्रीको गृह जिल्ला झापामा सानुराम भट्टराईले जिम्मेवारी पाएका छन् । झापामा हाल रहेका एसपी कृष्ण कोइराला महानगरीय अपराध महाशाखा, काठमाडौं आएका छन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको जिम्मेवारी एसपी उमाप्रसाद चतुर्वेदीले पाएका छन् । उनी कञ्चनपुरको चर्चित निर्मला हत्या प्रकरणमा समेत खटिएका अनुसन्धान अधिकृत हुन् ।

बारामा दिपेन्द्र शाही, धनुषामा प्रकाश रानाभाट, पर्सामा बेलबहादुर पाण्डे, काभ्रेमा भुपेन्द्रबहादुर खत्री, धादिङमा महेन्द्र खड्का, बाग्लुङमा लोकेन्द्र श्रेष्ठ, रौतहटमा सिद्धिविक्रम शाह र मकवानपुरमा सोमेन्द्रसिंह राठौर गएका छन् ।

हेर्नुस को कहाँ भए सरुवा ?

 

 

२१ पुष २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको