राप्तीमा २ वटा स्वास्थ्य सेवा केन्द्रले सेवा सुरु गरे


पुस २१, देउखुरी । राप्ती गाउँपालिकामा थप २ वटा स्वास्थ्य संस्थाको सेवा सुरु गरेका छन् ।

मंगलवार वडा नं २ र ३ का आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन भएपछि उनीहरुले स्वास्थ्य सेवा सुरु गरेका हुन । नागरिकको सर्ब सुलभ स्वास्थ्य सेवा पाउने हक अधिकार कार्यान्वयनका लागि सेवा केन्द्रले प्रभावकारी हुने सरोकारवालाहरुले अपेक्षा गरेका छन् ।

आफ्ना नागरिकको स्वास्थ्यको रक्षा गर्ने क्रममा सर्बसुलभ स्वास्थ्य सेवाका लागि गाउँपालिका हरपल लागि परेको र छिटै गाउँपालिका स्तरिय अस्पतालको समेत सेवा सुरु गरिने आधारभुत स्वास्थ्य सेवा केन्द्र उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।

राप्तीका ९ वटै वडामा आधारभुत स्वास्थ्य सेवा केन्द धमाधम निर्माण भइरहेका छन् ।पहिलो चरणमा वडा नं २ को लालमटियाँ र वडा नं ३ को खुरुरीयाका स्वास्थ्य सेवा केन्द्रले सेवा सुरु गरेको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।

कार्यक्रममा वडा नं २ का अध्यक्ष जगतबहादुर थापा र वडा नं ३ का अध्यक्ष चन्द्र चौधरीले आफ्नो वडाको उद्घाटन कार्यक्रमको अध्यक्षता गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख आथित्यता तथा प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, गाउँपालिकाका प्रबक्ता विद्याशरण चौधरी लगाएतले मनतब्य व्यक्त गरेका थिए ।

२१ पुष २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको