दाङ: १५ बर्षीया छोरीलाई डोरीमा बाँधेर मजदुरी गर्न जान विवश बुवा


लिलाधर वली/पुस २१, घोराही । एक अबोध बालिका । न उसको खुसी विद्यालयसम्म पुग्छ न त साथीभाइ सँगै नै । तुलसीपुर उपमहानगरपालिका–९ थर्कुडाँडा निवासी १५ बर्षीया आशा विक विगत एक दशकदेखि नै डोरीेको कसीमा छिन ।

बौद्धिक अपांग विकलाई घरमा हेरचाह गर्नेसमेत कोही छैन । आमा सम्पर्क विहीन छिन । बाबु घरको चुलो बाल्नको लागि दिनभर रिक्सा चलाउन बजार धाउँछन । त्यही भएर उनी डोरीमा बाँधिनु पर्छ ।

बोल्न नसक्ने विकलाई घरमा दिनभर हेर्नका लागि कोही नहुने र उनी बेसुरमा हिँडेर टाढा–टाढा जाने र परिवारलाई दुःख दिने गरेको भन्दै परिवारले बाँधेर राख्ने गरेको छ ।

घरको कमजोर आर्थिक अवस्था कारण दुई बर्ष पहिले कमाउनका लागि भारत गएकी आमा मोतीसरा बिक एक बर्षदेखि सम्पर्कविहीन छिन । घरमा छोराछोरीलाई सम्हालेर बसेका बुबा राजेश विकलाई दैनिकी चलाउन दिनभर काम गर्ने पर्ने बाध्यता छ ।

त्यही भएर उनी छोरीलाई डोरीले बाँधेर दैनिक मजदुरीका लागि जान विवश छन् । जेठा छोरा छुट्टिएर अलग बसेका छन । जेठी छोरी हराएको पनि सात बर्ष बढी भइसक्यो । भारतबाट नेपाल फर्कँदा हराएकी उनी अझै भेटिएकी छैनिन् । घरमा कान्छो छोरा छन । तर, उनी पढ्न जान्छन् ।

उनी विद्यालय गएपछि आशालाई घरमा हेरचाह गर्ने कोही हुँदैनन। त्यसैले उनलाई डोरीमा बाँधेर राख्नुपर्ने बाध्यता छ । अधिकारकर्मी राधिका परिवारले आशा विक परिवारले भोग्दै आएको समस्या कारुनिक भएको बताइन ।

बिकको सम्पत्तिको नाममा सानो झुपडी बाहेक केही छैन । दैनिकी चलाउनका लागि आम्दानीको श्रोत छैन । त्यही भएर बुबाले तुलसीपुरमा रिक्सा चलाउने गर्दछन ।

त्यही रिक्सा चलाएर आएको आम्दानीबाट दैनिक गुजरा चलाउनेदेखि छोरालाई पढाउने गरेका छन । बौद्धिक अपांगता जिवन बिताउँदै आएकी आशा बेसुरमा हिँड्ने गरेको हुँदा बाँधेर राख्नुपर्ने बाध्यता रहेको बुबा राजेश विकले बताए ।

गरिवीका कारण लामो समय भारत बसेको विकको परिवारले गरिबीकै कारण छोरीको उपचार गर्न सकेको छैन । ‘परिवारको दैनिकी चलाउनै धौधौ छ, उपचार गर्ने त उनीहरुको लागि ठूलो सपना जस्तै बनेको कुरा हो,’ अधिकारकर्मी परियारले भनिन–‘सहयोग गर्ने कोही छैन, दिनभरी काम गरेर भएको आम्दानी खान–लाउनमै सकिन्छ ।’

बाँधेर राखेकी आशा पुसको चिसोमा पातलो भेष्टमै हुन्छिन । परियारले आफूले आशाका लागि हालसालै केही न्यायो कपडा सहयोग गरेको जानकारी दिइन ।

२१ पुष २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको