युएई रोजगारमा रहेका रोल्पाका भूपू राष्ट्रिय खेलाडी दिपकको मृत्यु


मंसिर १८ युएई । बिगत ३ बर्ष देखि युएई रोजगारमा रहेका रोल्पाका दिपक डाँगीको मृत्यु भएको छ । डाँगीको डिसेम्बर ३, सुक्रबार राती आकस्मिक मृत्यु भएको जनाइएको छ।

रोल्पा जंकोट वडा नम्बर ८ घर भएका मृतक दिपक डाँगी युएईको इजीएसएस कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए । उनको घरमा श्रीमती, छोरा र छोरी छन भने अन्य परिवारहरु आमा र भाई, बहिनि समेत रहेका छन ।

डाँगी भूपू राष्ट्रिय भलिबल खेलाडी हुन भने उनले नेपाल आर्मीमा समेत काम गरेका थिए । रोजगारको शिलशिलामा युएई पुगेका दिपक रोल्पालीहरुको सामाजिक संस्था अन्तर्राष्ट्रिय रोल्पाली सेवा शाखा युएईको खेलकुद बिभाग प्रमुख थिए ।

उनको निधनप्रति दुख प्रकट गर्दै अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज केन्द्र र शाखा युएईले छुट्टाछुट्टै शोक वक्तव्य जारि गरेको छ । युएईमा कार्यरत नेपालीहरू माझ राष्ट्रिय खेलाडी डाँगीले खेलकुद प्रोत्साहनमा महत्त्वपूर्ण योगदान पुर्याएको शोक बक्तब्यमा उल्लेख छ । साथै दिबगत डाँगी प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समबेदना प्रकट गरेको छ ।

मृतक डाँगीको शब नेपाल ल्याउन अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईले आबस्यक सहयोग गर्ने समाजका केन्द्रिय प्रबक्ता शेर बहादुर डाँगीले जानकारी दिए ।

शोक बक्तब्य हेर्नुहोस:

१८ मंसिर २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको