चेलीबेटी दुर्व्यवहार प्रति शिल्पी समाज कुवेतको ध्यानाकर्षण


शिल्पी संघ नेपाल, कुवेतले नेपाली चेलीबेटी माथी हुने दुर्व्यवहार प्रति आफ्नो संस्थाको ध्यानाकर्षण भएको जनाएको छ । बिज्ञप्ति मार्फत नेपाली चेलीबेटी माथी हुने अनाहकमा गरिने दुर्व्यवहार प्रति ध्यानाकर्षण भएको बताएको छ ।

कुवेतको फर्वानिया पार्कमा शिल्पी संघ नेपाल कुवेतकी सह- कोषाध्यक्ष विन्दु बिश्वकर्मा माथि दुर्व्यवहार भएपछि संघले बिज्ञप्ति निकालेरै घटनाको भत्सर्ना गरेको हो । दुर्व्यवहारका आरोपीलाई आइन्दा दिनहरुमा गल्तिहरु नदोहोर्‍याउन भनेको छ ।

बिज्ञप्तिको पुर्ण पाठ यस्तो छ:

चेलीबेटी दुर्व्यवहार प्रति शिल्पी समाज कुवेतको ध्यानाकर्षण
प्रेस विज्ञप्ति
सम्पूर्ण देश बिदेशमा छरिएर रहनु भएका नेपाली जन समुदायमा यो जानकारी गराउन चाहान्छौ कि दलित एकता संजाल नेपाल कुवैतका कोषाध्यक्ष रबि परियार ज्यूले 9 अप्रिल 2021 का दिन कुवेत स्थित फर्वानिया पार्कमा रोशनी कटवाल सङ्ग शिल्पी संघ नेपाल कुवेतकी सह- कोषाध्यक्ष विन्दु बिश्वकर्मा ज्युको बारेमा नकारात्मक टीका टिप्पणी साथै गाली र उहाँको चरीत्र हत्या गर्ने जस्ता निच कुरा गर्नुभयो छ ।

यो कुरा रोशनी ज्यूले विन्दु विश्वकर्मा ज्यूलाइ जानकारी गराए पछि विन्दु ज्यूले शिल्पी संघमा कुरा राख्नु भयो र संघले रवि परियारले रोशनी कटवाल सङ्ग विन्दु विश्वकर्मा ज्यूको बारेमा भनेका कुराहरु जस्ताको तस्तै उल्लेख गरेर ७ दिनको समय सिमा राखेर २२अगस्ट 2021 का दिन स्पष्टीकरण सोधेर पत्र काट्यो तर 26 अगस्ट 2021 कादिन जबाफ आयो जबाफ सोधिएको भन्दा फरक तरिकाले आयो तर विन्दु विश्वकर्मा ज्यूलाइ भनेको कुराहरु भने स्वीकार गर्नु भयो ।

त्यसपछि संघले हाजुरको स्पष्टीकरण चित्त बुझ्डो भएन संघले जसरी हजुरलाइ स्पष्टीकरण सोधेको थियो त्यसरी नै जबाफ फर्काउनु भनेर मौका दिदापनी नसुनेको हुदा र जुन उहाले रिलेसनसिपमा रहेको केटिको नाम लिनुभएको छ । उहाँ सङ्ग संघले रवि परियार ज्यूको बारेमा जानकारी लिदा रवि परियार भन्ने मान्छे ठिक छैन मलाई विभिन्न खाले आशवासन दिएर मेरो जीवन वर्बाद पार्यो अहिले म सङ रिलेसनसिपमा छैन र अरु दिदीबहिनीहरु पनि यस्ता धोके वाज सङ्ग बचेर रहुन भनेर संघको तर्कबाट जानकारी गराइ दिनु भनेपछि संघले अरु क्षेत्रबाट बुझ्दा पनि उहाँको नेत सफा नदेखिएको हुनाले नेपाली दिदिबहिनीलाइ विना आधार गाली गलौज गर्ने र झुठ्ठा आश्वासन देखायर दिदिबहिनीको जीवन बर्बाद गर्ने जस्ता निच घृणित कार्य दलित एकता संजाल नेपाल कुवेत जस्तो गरिमामय सस्थाको कोषाध्यक्ष जस्तो महत्त्वपूर्ण जिम्मेवारीमा भएको ब्याक्तिले गर्नु दु:खदाय कार्य हो ।

आउँदा दिनहरुमा कुनै पनि नेपाली दिदिबहिनीहरुलाई विना आधार गाली गलौज र जीवन बर्बाद पर्ने जस्ता कार्य नगर्न संघले ध्यानाकर्षण गराउन चाहन्छ । साथै उहालाई चिनेर विशेषगरि दिदीबहिनीहरु सजक रहनको लागि उहाँको फोटो समेत यसै प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरिएको छ ।

नोट:- गोप्यनियताको ख्याल गर्दै उहाँ सङ्ग रिलेसन सिपमा रहेकी केटिको नाम राखिएको छैन । आबश्यक परे सार्वजनिक गर्नेछौ ।

शिल्पी संघ नेपाल कुवेत

१८ आश्विन २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको