रोल्पाका एक युवा अटोमेटिक पेस्तोलसहित दाङबाट पक्राउ


भदौ १९, दाङ । दाङमा प्रहरीले एक राउण्ड गोली लोड गरि राखेको अवस्थामा अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

अवैध हातहतियार बोकी सर्वसाधरणलाई त्रसित पार्ने काम गर्दै आएका रोल्पा रुन्टिगढी गाउँपालिका–९ सखी घरभै हाल घोराही उपमहानगरपालिका–१३ बडहरा निवासी २५ बर्षीय इन्द्रकमल बुढामगरलाई शुक्रवार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीले गोप्य सूचनाका आधारमा घरमा खानतलासी गर्दा घरमा राखेको रा ५ प ८७६२ नम्वरको स्कुटीमुनि रातो प्लाष्टिकभित्र लुकाईछिपाई राखेको अवस्थामा एक राउण्ड गोलीसहित बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एव प्रहरी उपरिक्षक सुरेन्द्रप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

बुढामगरलाई जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको थियो । प्रहरी प्रमुख काफ्लेका अनुसार पक्राउ परेको व्यक्ति विगतमा पनि ज्यान मार्ने उद्योगमा साढे दुई बर्ष कैद सजाय पाएको व्यक्ति भएको बताए ।

२०७० बैशाख २५ गते साने घर्तिलाई ज्यान मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको घट्नामा उक्त व्यक्तिले दुई बर्ष ६ महिना कैद सजाय भुक्तान गरेको बताए ।

उक्त घट्नामा मुलुकी अपराध (संहित) ऐन २०७४ को परिच्छेद ६ को दफा १३२ को उपदफा १ बमोजिमको कसुर गरेकोमा सोही दफाको उपदफा २ बमोजिम ५ बर्षसम्म कैद र ५० हजार रुपैयासम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

१९ भाद्र २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको