लाखौ चोत्लुङ्ग ढालेर
तिम्रो चोत्लुङ्ग उठाउन खोज्दा
मनलाई अशान्त बनाउँदै
तिम्रो आत्मासँग माफी मागेर
केहि पर हट भन्नु मन लाग्यो
केहि पर बस भन्नु मन लाग्यो |
मन नभएको कहाँ हो र ?
गाई भैंसीको गोरस नपिउन
भेडी गोठहरु
थाक थलोहरु
मासेर गिरान बनाउन दिए
प्यास मारेर,
भोलिका सन्तानलागि भनेर
एक लोटा चिसो पानीमा चित बुझाएको पलहरु
त्यहिखातिर
केहि पर हट भन्नु मन लाग्यो
केहि पर बस भन्नु मन लाग्यो |
न तिम्रो खरबारी
न तिम्रो घरबारी
खाली
शासकले खा? उमा गर्दा
तिम्रो नाम पुकारेर
रबिन्द्र अधिकारी बिमान स्थल भन्दै
टेबल छेउमा ठिङ्ग उभिएर
ठूलो टिभिका पर्दामा
नाम जुराई दियौ
त्यहि भएर
केहि पर हट भन्नु मन लाग्यो
केहि पर बस भन्नु मन लाग्यो |
तिमीलाइ था छ ?
त्यहि सुकेटार फेदीँमा
कयौं गाउँका छोराहरु
तिमी जस्तै गरी
नअस्ताएका पनि कहाँ हुन र ?
तिमि जस्तै पाहुनाहरु
त्यहि गिरानमा सास फेर्दै
घुन्सा उड्दै गर्दा,
ससार नभुलेको पनि कहाँ होर ?
तिम्राेे प्रिय शासकहरुले फ?राक्लो गर्दाको सिन्का समाए झैँ
माइक समाएर न्वारन गर्दै गर्दा
मुटु माथि हात राखेर
केहि पर हट भन्नु मन लाग्यो
केहि पर बस भन्नु मन लाग्यो |
च्याब्रुंगको ताल र
पालामको लयँसगै
स्वागत गर्ने सस्कारै हो
तर
तिम्रो मृत्युको बहानमा
हाम्रो चिनारी नस्ट गर्न खोज्दै गर्दा
तिम्रो आत्मासँग माफी माग्दै
केहि पर हट भन्नु मन लाग्यो
केहि पर बस भन्नु मन लाग्यो |
तिमी उज्वल नक्षत्र बनेर बस्नलाई
तागेरा निङवा फुमाङ्सँग
प्राथना गर्दै
तिम्रो मान्छेको आत्मामा घुसेर
मलाई शान्तिसँग बिदाइ गर्नु
सुकेटारलाई “सुकेटार” रहनु दिनु
मेरो मानसपटालले
केहि पर हट भन्नु मन लाग्यो
केहि पर बस भन्नु मन लाग्यो |
प्रतिक्रिया दिनुहोस