– आभाष चौलागाईं ‘प्रसन्न’
हामी यो मुलुकमा सुव्यवस्था चाहन्छौं ,सुशासन चाहन्छौं।
हामीलाई नेतागिरी गर्नु छैन हामी आम नेपाली करोडौं
आमाका सन्तान यो धर्तीमा समृद्दिको फूल फुलाउन चाहन्छौं
हामी परनिर्भर बन्नु नपरोस्
हामी आफ्नै देशको सम्भावनाको उपयोग कर्ता बन्नु पाइयोस्
कोहि भोकले नमरुन्
कोहि प्यासले नछट्पटिउन्
कसैको ज्यान औषधि अभावमा न जाओस्
हामी यहि संकल्प गरिरहन्छौं
हाम्रो आस्था भनेको हाम्रो सार्वभौमता नचुक्कियोसको हो
हाम्रो कामना भनेको सगरमाथा नझुकोसको हो
हाम्रो प्रण भनेको देश कसैको गुलाम नबनोसको हो
हो हाम्रो यहि सदिच्छा र कामना हो
हामी नेतागिरी गर्न जनयुद्ध लडेका हैनौं
हामी त जनताको मुक्तिको निम्ति मृत्युपत्रमा हस्ताक्षर गरेका रक्तिम र अविचलित योद्धा हौं
हामीलाई नेता प्रती गौरव छैन
हामीलाई हाम्रो इतिहास प्रती गौरव छ
हामी निजि स्वार्थका गुलाम हैनौं
हामी सर्वभौम सम्पन्न जनताका छोराछोरी हौं
हामी बुद्धको देशका शान्तिका दुत
कुशासन विरुद्द वीर भीमसेन थापा , बलभद्रका अनुयायी हौं
हामी न बन्दुक देखि तर्सन्छौं
हामी न बम देखि तर्सन्छौं
हामी कुनै दमन देखि झुक्यौं
राष्ट्र र राष्ट्रियता जोगाउन फेरि पनि मृत्युलाई जित्ने साहस भएका
जनता र देशका मुटुका धड्कन हौं !!
प्रतिक्रिया दिनुहोस