कोरोनाको तेस्रो र चौथाे लहरको चेतावनी, बालबालिकाका लागि २० प्रतिशत शय्या छुट्याउन निर्देशन

फाइल तस्बिर

जेठ २१, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो र चौथो लहर आउन सक्ने खतरा औँल्याउँदै त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने बताएको छ ।

मन्त्रालयले शुक्रबार सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी कोभिडको तेस्रो र चौथोले बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने भन्दै उपचारमा प्रयोग हुने गरी अस्पतालका २० प्रतिशत शय्या तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।

अस्पतालहरूलाई अक्सिजनको समेत व्यवस्थापन गर्न भनिएको छ । दोस्रो लहरले युवा र प्रौढहरुलाई असर गरेकोले अहिलेको तयारी सो समुदाय लक्षित रहेकाले बालवालिकालाई सुरक्षित गराउन तेस्रो र चौथो लहर आउनुअघिनै सरकारले सजगता अपनाएको हो ।

कोरोना महामारी रोकथा, निदान तथा बिरामीको उपचार व्यवस्थापनमा योगदान पुर्‍याएकोमा मन्त्रालयले सबै अस्पताल, स्वास्थ्य संस्थाहरू र स्वास्थ्यकर्मीहरूमा सम्मान पनि व्यक्त गरेको छ ।

हेर्नुस विज्ञप्ति

२१ जेष्ठ २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको