ए ओलि सरकार
हो हामि बेरोजगार छौ
हामीलाई समस्या हो
तर त्यो समस्याको
समाधान चाहिएको छ!
युवाहरु बेरोजगारी ले
छटपटाहट छन
समस्या एकदमै
जटिल बनेर आउदै छन
हो ओलि सरकार युवाहरु
वास्तमै बेरोजगार नै छन !
हामि खाडीको ५५ डिग्री
चर्को घाममा पसिना
चुहाई काम गर्न बाध्य छौ
त्यो हाम्रो रहर हैन बाध्यता
नै हो तर हामि स्वदेश
फर्केपछि पनि
हामि आत्मानिर्भर
हुन चाहन्छौ
वास्तव मै हामी उत्पादन
तिर जोडिन चाहन्छौ
स्वदेशमै केहि
गरेर देखाउन चाहन्छौं ।
यो तागत यो मेहनत
अमुल्य समय
हामि हाम्रै देशको
माटोलाई दिन चाहन्छौ
हामि पराईको देशमा
कति दाश भएर बस्नु
कति निर्लज्ज बन्नु
कति पेलिएर
काम गर्नु
ए ओलि सरकार
हामि स्वदेश मै
फर्केर आफ्नै
देशमा हामि
केहि गर्न चाहन्छौं
हामि स्वदेशमै
काम गर्न आतुर छौ
तर बिन्ती छ,
यो साहुले ऋणहरु
प्रति देखाईने
व्यवहार नगर
ओलि बा तिमि
एक जिम्मेवार व्यक्ति
भएर गैरजिम्मेवार
तर्क नदेउ विन्ति छ
हामि ऋणि बनाएर
स्वदेशमै पनि हामि
दास हुन यो प्रलोभन
नदेखाउ विन्ति छ
हामि ऋण हैन
रोजगारी को खोजिमा छौँ
ए ओलि सरकार
हामिलाई स्वदेश
फर्केसके पछि ऋण हैन
हामि उत्पादन तिर
जोडएर हामि
वास्तव मै हामि
ऋण हैनौं
हामि रोजगारीका चाहन्छौं
✍️दिपेन्द्र ऐरी
प्रतिक्रिया दिनुहोस