दाङमा १०७ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

फाइल तस्बिर

बैशाख २१, दाङ । दाङमा वितेको २४ घण्टामा १०७ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्लाका १५० जनाको कोरोना परिक्षण गर्दा तुलसीपुर, घोराही, लगाएतका विभिन्न ठाउँका गरी १०७ जनाको रिपोट पोजेटिभ आएको जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र घोराहीले जनाएको छ । केन्द्रका अनुसार बैशाख यता जिल्लाभर एक हजार चार सय तिन जनामा कोरोना पुष्टि भएको छ ।

केन्द्रका अनुसार वितेको २४ घण्टामा थप १० जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर ६ का एक जना, तुलसीपुर १५ का एक जना, वडा नम्वर १७ का एक जना, घोराही ४ का एक जना, घोराही १३ का एक जना, घोराही १७ का एक जना, घोराही १५ का एक जना , शान्तीनगर गाउँपालिका एक जना र गढवा गाउँपालिकाका एक जना रहेका छन् ।

उनीहरु सवैको जिल्ला भित्रै मृत्यु भएको हो । यो संगै बैशाख यता मात्रै मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

२१ बैशाख २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको