उपचार गर्न जाने विरामीलाई लक्षित गर्दै अवरोध गरिएको बाटो प्युठानका सीडीयोले पन्छाए


बैशाख २१, प्युठान। उपचार गर्न जाने विरामीलाई लक्षित गर्दै अवरोध गरिएको बाटो सिडियोले पन्छाएका छन्।

जिल्ला अस्पताल प्यूठान विजुवारले साविक जिल्ला स्वास्थ्य कार्यालयको भवनमा संचालन गरेको आईसोलेशन सेन्टर जाने मुख्य बाटोमा अवरोध गरिएको तारबारलाई सोमबार प्रहरी तथा सशत्र प्रहरी सहित पुगेका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले अवरोध हटाएका छन्।

कोभिड बिरामीको प्रारम्भिक रोग परीक्षण तथा उपचार हुने उक्त आईसोलेशन सेन्टरमा ५ जना कोभिड बिरामीहरूको उपचार चलिरहेको छ।

बिजुवारका स्थानीयहरुले बिजुवारमै तयार गरिएको निर्माण व्यवसायी संघको भवनमा रहेको आईसोलेशन् सेन्टर जाने बाटोमा समेत अवरोध सिर्जना गरेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए।

‘पहिलो पटकलाई सम्झाई-बुझाई गरेर अवरोध हटाएको छु।’ भुसालले भने, ‘पुनः अवरोध गरे कडा कानुनी कारवाही गरिनेछ।’ स्थानीय बासिन्दाहरुले महामारीको यो समयमा आफु सुरक्षित हुँदै सामाजिक एकता आपसी भाईचारा सम्बन्धको विकासमा जोड दिनुपर्नेमा प्रमुख जिल्ला अधिकारी भुसालले जोड दिए।

सार्वजनिक क्षेत्रमा अनावस्यक वादविवाद तथा अवरोध गर्ने हरकोहीलाई स्थानीय प्रसाशन ऐन २०२८ तथा संक्रामक रोग ऐन २०२० बमोजिम कडा कानुनी कारवाही हुने जिल्ला प्रशासन कार्यालय प्युठानले जनाएको छ।

२१ बैशाख २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको