उपत्यकाको निषेधाज्ञा लम्ब्याउने निर्णय, थप निर्णय के भए ?

फाइल तस्बिर

वैशाख २१, काठमाडौं । काठमाडौँ उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।

अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ । कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको उनले बताए ।

यस्तै सञ्चारमाध्यमलाई पनि आवागमनमा थप कडाइ गरिने भएको छ।

अब सूचना विभागले जारी गरेका प्रेस पास देखाउनुपर्नेछ। त्यो नभएकाहरुका हकमा सम्बन्धित सञ्चारगृहले प्रशासनमा न्यूनतम कर्मचारी खटाउने र तिनको विवरण जिल्ला प्रशासनमा उपलब्ध गराउनु पर्नेछ।

२१ बैशाख २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको