स्थलगत रिपोर्ट: गंगादेवको खानेपानी बिबाद मिल्यो, यसरी लाग्यो टुङ्गो


चैत्र २२, रोल्पा । गंगादेव गाउँपालिका ३ र २ मा उत्पन्न खानेपानी बिबाद हल भएको छ । प्रदेश सरकारको योजना ताम्राखोला लिसा रुख नाउली, वडामेला घोरानेटा खानेपानी बिबाद स्थानीय सरकार प्रमुख बिर बहादुर खत्रीको रोहबरमा विभिन्न राजनीतिकदलहरुको उपस्थितिमा उक्त समस्या समाधान भएको हो ।

एडीबीद्वारा संचालन भएको पुरानो खानेपानी योजना भन्दा माथिबाट जडान गरिएका निजि पाइपलाइनहरु सबै हटाउने र पुरानै एडीबी खानेपानी योजनाद्वारा साविक ६, ७, ८ र ९ वडाका उपभोक्ताहरुलाई पानी वितरण गर्ने निर्णय भएको छ । पुराना र नयाँगरि ५ वटा ट्यांकीमा पानी जम्मा गरि पुराना र नयाँ निर्माण भएका धाराहरु संचालन गर्ने साथै आबस्यक धाराहरु राख्ने भए राख्ने र हटाउनु पर्ने भए हटाउने गरि एडीबी खानेपानी संचालक समितिलाई जिम्मा दिएको छ ।

छलफल पश्चातको निर्णय

एकहप्ता भित्र पानी पूर्णरुपमा संचालन ल्याउने र एडीबी भन्दा माथिका पाइपलाइनहरु एकहप्ता भित्र हटाउने निर्णय भएको छ । एडीबी खानेपानी मर्मतको नयाँ समितिले सम्पूर्ण कार्यको सार्बजानिक सुनुवाईगरि पुरानो समितिलाई हस्तान्तरण गर्न एक हप्ताको समय दिएको छ ।

कसरि उत्पन्न भयो बिबाद ?

एडीबी खानेपानी योजना करिव ०५३/५४ साल तिर लागु भएको पुरानो योजना हो । उक्त योजनाले करिव डेढ-दुईसय घरधुरीले लाभ लिरहेका थिए । पुरानो योजनाबाट ३ वटा आरबिटी ट्यांकी र ३७ वटा धाराहरु निर्माण भएका थिए ।

लिसारुख नजिकै छलफल गर्दै उपभोक्ताहरु

गत आर्थिक बर्ष २०७६/०७७ मा प्रदेश सरकारबाट ५० लाखको ताम्राखोला लिसा रुख नाउली, वडामेला घोरानेटा खानेपानी योजना पर्यो तर मुहानमा पानी अभावका कारण विवाद बनेपछि पुरानै एडीबीको खानेपानीलाई मर्मत गर्न उक्त योजना लागु गर्ने सहमति भयो । त्यसै अनुरुप थप दुई वटा आरबिटी ट्यांकी (१० र १२ घन मिटर) निर्माण गर्ने र २९ वटा नयाँ धाराहरु थपगर्ने, ६३ इन्चको नयाँ मुख्य पाइपलाइन फेर्ने, र प्रत्यक धारामा २५ इन्चको पाइपलाइन हाल्ने निर्णय अनुसार नयाँ निर्माण समिति बन्यो । त्यसपछी करिव ३ सय घरधुरीलाई लाभ दिन सकिने भयो ।

प्राबिधिक बल बहादुर बस्नेतले स्टोमेट उठाए अनुसार काम सुचारु भई योजनाको अन्त्य भयो । खानेपानी निर्माण समितिका अध्यक्ष धन बहादुर डाँगीका अनुसार योजना समापनको करिव २ महिना पानी सुचारु चलेको बताउछन । स्थानिय अनुसार सबै ठाउँमा पानी चलेको थियो । तर केहि अज्ञात व्यक्तिहरुले उक्त पानीलाई बिथोल्न पाइपलाइन काटिदिने, बिगारिदिने कार्य भयो र पानी प्रयाप्त नभएको निर्माण समितिले बतायो।

एडीबीको मुख्य लाइन संगै अन्य निजि पाइपलाइनहरु

त्यसपछि पानी धारामा आउन छोडेको भन्दै रमाईबासीहरुले व्यक्तिगत लगानीमा निजि पाइपलाइन जोड्ने कार्य भयो । रमाई गाउँको निजि पाइपलाइन सहित ४ वटा निजि पाइपलाइन एडीबी योजना भन्दा माथिबाट ल्याएपछी झनै पानीको बिबाद बढेर गयो ।

यसै बिषयलाई लिएर छानबिन निबेदनहरु चले, मेलमिलापका लागि थुप्रै छलफलहरु भए तर असफल भए ।

छलफलको टुङ्गो लाग्दै

छलफलको चुरो र टुङ्गो

खानेपानी बिबादको समाधानका लागि विभिन्न निकायहरुलाई स्थानीयहरुले हारगुहार गरे । स्थानीय सरकारसंग समेत हारगुहार गर्दा छलफलमा ढिला सुस्ती देखिदा नियत स्वार्थ बोकेका केहि ब्यक्तिहरु चलखेल गर्ने अवसर पाए । सामाजिक संजालमा बिबादको इशु छताछुल्ल भयो ।

यसरि चारैतिर दवाव भएपछी गत सुक्रबार सर्बदलीय प्रतिनिधिहरुको उपस्थितिमा छलफल चल्यो तर टुङ्गो लागेन । त्यसपछि आइतबार स्थानीय सरकार सहित सर्बदलीय दलहरु सहभागी भए । खानेपानी योजनाको स्थलगत अनुसन्धान पछी एडीबी खानेपानी र निजि पाइपलाइनको स्रोत एउटै भएको र निजि पाइपलाइनका कारण एडीबी खानेपानीलाई असर गरेको र एडीबी मर्मत तथा निर्माणमा केहि प्राबिधिक त्रुटी रहेको निस्कर्ष स्थलगत टोलीले निकाल्यो ।

स्थलगत अनुगमन पछि फर्किदै

साविकका वडाहरु ६, ७ र ९ का बासिन्दाहरुले पनि एडीबी खानेपानी भन्दा माथिका सबै निजि पाइपलाइनहरु हटाउने माग राख्दै आएका थिए । रमाईबासीहरु पाइपलाइन हटाउन सहमत भएपनि एक वटा रिजर्भ ट्यांकी र आबस्यक धाराहरु थप पाउनुपर्ने माग राखेका थिए ।

त्यसै अनुरुप सर्बसहमतमा कागजी निर्णय भयो । तर रमाईबासीहरुमा अझै असन्तुष्टि रहेको छ । उनीहरुको अडान अझै एक रिजर्भ ट्यांकी र केहि धाराहरु थप गर्नुपर्नेमा अडान राख्दै आएका छन् ।

रमाईगाउँ पुगेको निजिपाइ पलाईनको रिजर्भ ट्यांकी

को को थिए उपस्थिति ?

स्थानीय सरकारका जनप्रतिनिधिहरु गाउँपालिका अध्यक्ष बिर बहादुर खत्री, उपाध्यक्ष रिता घर्ति, ३ नम्बर वडाध्यक्ष जलेश कुमार केसी, गाउँ शिक्षा समितिका द्वय शेर बहादुर डाँगी र हरि बहादुर खड्का, प्राबिधिक बल बहादुर बस्ने र मोहोन ओली, इलाका प्रहरी कार्यलय सुकाओढारबाट प्रहरी नायक निरीक्षक श्याम कुमार सृस लगायतको प्रहरी टोलीको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेपाली कांग्रेसका सभापति दिपेन्द्र डाँगी, गाउँपालिका प्रेस संयोजक असोक ओली, एमाले जिल्ला कमिटि सदस्य पल बहादुर बिक, नेकपा विप्लवका गाउँ कमिटि इन्चार्ज घमण्ड बहादुर चन्द ‘किरण’, माओबादी केन्द्रका प्रतिनिधि भरत केसी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, योजना निर्माण समितिका पदाधिकारीहरु र खानेपानी उपभोक्ता तथा स्थानीय समुदायहरुको उपस्थिति रहेको थियो ।

खानेपानी मर्मत निर्माण कहाँ सम्म पुग्यो ?

एडीबी खानेपानी मर्मत योजना सम्पन्न भैसकेको छ । तर पानी वितरणमा अझै अपुरो रहेको छ । ५० लाख बराबरको बजेट रहेको योजनामा हिनामिना बारे केही व्यक्तिहरुको टिप्पणी रहेको छ । तर निर्माण समितिका अध्यक्ष धन बहादुर डाँगीले उक्त योजनाबाट ८ लाख ५० हजार ५ सय ४६ घाटा बेहोरेको बताए ।

उनले हस्त लिखित हिसाव देखाउदै योजनामा जम्मा खर्च ५४ लाख २ हजार ५ सय ४६ भएको र जम्मा ४५ लाख ६० हजार निकाशा भएको बताए ।

स्थलगत दृश्यहरु:

नयाँ थप गरिएको आरबिटी ट्यांकी

वितरण गरिएको पाइपलाइन

नाउलीका लागि वितरण पाइपलाइन

बिबादित खानेपानी मुहान (रमाईबासीले लिएको निजि पाइपलाइन)

एडीबी खानेपानी योजना भन्दा माथि राखिएका निजि पाइपलाइन

२२ चैत्र २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको