पोष्टपाटी, काठमान्डौ ।
मगर संसार फोटो ग्यालरीले आयोजना गरेको सिंगल भेषभूषा फोटो प्रतियोगिता -२०७७ को बिजेता दिलु आले मगर र मुना लम्तरी मगर हुनु भएको छ । सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप पेज भित्र सुरु भएको प्रथम सहिद क्या. लखन थापा मगर स्मृति दिवसको अवसरमा १२ बर्ष माथिका पुरूष/महिला सिंगल भेषभूषा फोटो प्रतियोगिता २०७७ मा पुरुष तर्फ ओखलढुंगा हाल मलेशिया कार्यरत दिलु आले मगर र महिला तर्फ पाल्पा हाल चितवन निवासी मुना लम्तरी मगर बिजेता हुनुभएको छ ।
‘मगर समुदायको राष्ट्रीय पोशाकलाई संरक्षण र भाषालाई उत्थान गरौ, लोप हुन बाट बचाऔं’ भन्ने उद्देश्यले खेलाइएको प्रतियोगितामा विश्व भरिबाट १४९ जना मगर प्रतियोगीहरु सहभागी हुनुभएको थियो । पुरुष तर्फको बिजेता दिलु आले मगरले २,४२५ पब्लिक मत प्राप्त गर्नुभएको थियो । दोस्रो रामेछाप हाल बहराइन कर्यरत प्रकाश सारू मगरले १,४७५ मत प्राप्त गर्नु भएको थियो भने ८९४ मत ल्याएर नवलपुरका नबीन मगर तृतीय स्थान हाँसिल गर्नुभएको थियो । त्यस्तै ८४८ मत ल्याएर पाल्पाका हेम मगर सान्त्वना स्थान हाँसिल गर्नु भएको थियो ।
त्यसै गरी महिला तर्फ पाल्पा हाल चितवन निवासी मुना लम्तरी मगरले ४,७७२ मत प्राप्त गरेर प्रथम हुनुभएको थियो । पाल्पाका टुगा राना मगरले ३,५५१ मत प्राप्त गरेर दोस्रो स्थान हाँसिल गर्नुभएको थियो ।
स्याङ्जा बिरूवा-७ सुरुङ्की शान्ति रानामगरले ३,०३७ मत ल्याएर तेस्रो स्थान हाँसिल गर्नुभएको थियो भने पाल्पा हाल बुटवल बस्नुहुने सृजना बुढाथोकी मगरले २,८१२ मत प्राप्त गरेको सान्तवना स्थान हाँसिल गर्नुभएको थियो ।
प्रतियोगिता २०७७ माघ १८ गते देखी सुरु भई माघ २० गते सम्पन्न गरिएको थियो । फोटोमा आउने पब्लिक लाइकको आधारमा नतीजा सार्वजनिक गरेको थियो ।
सामाजिक सञ्जाल मार्फत यस्ता प्रतियोगित ले समाज र समुदायलाई फाइदा पुग्ने संयोजक अनिल लामीछाने मगरले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस