अध्यक्ष कमरेडले १० वटा सरकार गिराइसक्नुभएको छ: लेखराज भट्ट


पुस २०, धनगढी । नेकपा ओली समूहका सुदूरपश्चिम संयोजक तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्डले १० वटा सरकार गिराइसकेको प्रतिक्रिया दिएका छन् ।

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले यस्तो बताएका हुन् । ‘अध्यक्ष कमरेडले १० वटा सरकार गिराइसक्नुभएको छ । पार्टी त नेकपासम्म उहाँले विघटन गराउनुभयो । यो प्रवृत्तिविरुद्ध हामी जनताको बीचमा गइरहेका छौं ।’

उनले बैशाखमा निर्वाचन हुने दाबी गर्दै नेकपा त्यस्को तयारीमा जुटिसकेको बताए । उनले तत्कालै प्रदेश सरकार फेरवदलको कसरतमा आफ्नो पक्ष नलागेको समेत बताए ।

‘संस्थापन पक्ष छ, यस्ले कसैलाई बदलिहाल्ने र कसैसंग गठबन्धन गरिहाल्नेबारे सोचेको छैन्,’ उनले भने, ‘उहाँहरुले के गर्नुहुन्छ र कस्ता क्रियाकलपा गर्नुहुन्छ । त्यसलाई गम्भीरतापूर्वक संघीय सरकार र पार्टी नेतृत्वले हेरिरहेको छ । छिट्टै स्थायी कमिटी बैठक बस्छ । त्यस्ले कस्तो कदम चाल्नेबारे निर्णय गर्छ ।’

उनले मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेर राजनीतिक संस्कारविपरित काम गरेको बताए । यस्तै नेकपा सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले आफ्नो अनुपस्थितीमा प्रदेश कमिटीले गरेको निर्णय खारेज गरिदिने बताएका छन् ।

सोही पत्रकार सम्मेलनमा थापाले नेकपा प्रदेश कमिटीले गरेका निर्णय खारेज गर्ने बताएका हुन् । यसअघि नेकपाका सुदूरपश्चिम ईञ्चार्ज तथा प्रचण्च पक्षका नेता भीम रावलको उपस्थितिमा भएको बैठकले प्रदेश अध्यक्ष थापा सहितलाई कारवाहीका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

२० पुष २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको