दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १९ जना घाइते, कस्तो छ घाइतेको अवस्था ? [नाम र ठेगानासहित]


पुस २०, दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् ।

तुलसीपुरबाट घोराही जाँदै गरेको बस बिहान करिव १० बजेतिर दूर्घटना हुँदा १९ जना घाइते भएका हुन् । तुलसीपुर उपमहानगरपालिका डा नं. ७ ग्वारखोलामा ना. ६ ख. १८१४ नम्बरको बस अनियन्त्रित भइ चालक साइडमा पल्टिएको थियो ।

यस्तो छ दूर्घटनामा परि घाइते भएकाहरुको नाम, ठेगाना र अवस्था

१) शान्तिनगर गाउँपािलका ६ का बर्ष २७ को गणेश बुढाथोकी – खुट्टामा चोट–अवस्था सामान्य
२) शान्तिनगर ७ बस्ने बर्ष २९ का भिमप्रसाद राना – छाति र खुट्टामा चोट – अवस्था मध्यम
३) तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बस्ने बर्ष ३९ का झनक केसी – दाहिने खुट्टा र अनुहारमा चोट –अवस्वा सामान्य

४) घोराही उपमहानगरपालिका वडा नं. १६ बस्ने बर्ष ३० की लक्ष्मी गिरी – दाहिने हात र भित्रि चोट – अवस्था मध्यम
५)तुलसीपुर १९ निवासी लक्ष्मी केसी – टाउको र शरिरमा भित्रि चोट – अवस्था मध्यम
६) घोराही १५ बस्ने बर्ष १९ की सुरक्षा शर्मा टाउको र खुट्टामा चोट –अवस्था मध्यम

७) तुलसीपुर ४ बस्ने बर्ष ३६ की लिला कुवर – टाउको र शरिरमा भित्रि चोट – अवस्था मध्यम
८) रुकुम पूर्वी पुथाउत्तर गंगा १२ बस्ने ३९ को हेमराज पुन – छाति र टाउकोमा चोट – अवस्था मध्यम
९) रुकुम पूर्वी पुथाउत्तर गंगाका बर्ष ४० को पञ्च बहादुर पुन –दाहिने खुट्टामा चोट – अवस्था मध्यम

१०) तुलसीपुर ६ बस्ने बर्ष २१ को सरु बस्नेत – छाति र शरिरमा चोट – अवस्था मध्यम
११) तुलसीपुर ५ बस्ने बर्ष ३० की सुशीला शर्मा – घाँटी र हातमा चोट– अबस्था मध्यम
१२) तुलसीपुर १६ बस्ने बर्ष ५४ को बासुदेब चौधरी– बायाँ हातमा चोट – अवस्था सामान्य

१३) घोराही १५ का १८ बर्षकी प्रेमिका ज्ञवाली– हिपमा चोट – मध्यम
१४) तुलसीपुर १४ बस्ने बर्ष २७ का सुमन श्रेष्ठ– दुबै खुट्टामा चोट– अवस्था – सामान्य
१५) घोराही १२ का बर्ष ४१ को गोपाल पुन – शरिरमा भित्रि चोट– मध्यम

१६० घोराही– ५ बस्ने बर्ष २० का रामबहादुर पुन– हातमा चोट – अवस्था सामान्य
१७) तुलसीपुर ७ का बर्ष १८ का विशाल मगर टाउको र हातमा चोट – अवस्था मध्यम
१८) तुलसीपुर १८ का बर्ष २१ का राज केसी – खुट्टामा चोट– अवस्था मध्यम
१९) तुलसीपुर ६ का बर्ष २२ का दुर्गा नेपाली पेटमा चोट –मध्यम

यस्तै दुर्घटनामा परि घाइते भएका मध्ये एक जानलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । रिफर हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ पर्सेनी बस्ने वर्ष १८ का बिशाल मगर रहेको प्रहरीले बताएको छ । घाइते मध्ये अन्यको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

चालक तुलसीपुर १७ का ३० बर्षीय बाबुराम नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तुलसीपुरदेखि ३ किलोमिटर पूर्वमा भएको उक्त बस दूर्घटना हुँदा रोडदेखि ३ मिटर तल खसेको छ । बस ट्याकसी तथा मिनि माइ्क्रो समितिको हो । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

२० पुष २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको