पोष्टपाटी, काठमाडौं ।
मगर संसार राहत कोषले आफ्नो ४० औं सहयोग हस्तान्तरण गरेको छ । पाँचथर जिल्ला, मिक्लाजूनङ निवासी सन्दीप मगरलाई १५ हजार रुपैंया सहयोग हस्तांतरण गरेको हो । मगर संसार फोटो ग्यालरी ग्रुप पेजद्वारा अति दीन, दुखी, गरीब बिरामिहरुको लागि सहयोग गर्ने उद्देश्यले खोलिएको मगर संसार राहतकोषबाट ढोल बहादुर थापा मगरलाई सहयोग हस्तान्तरण गरिएको हो । उपचार गर्न आर्थिक अभाब झेलिरहेको खबर मगर संसारलाई प्राप्त भएपछि मगर संसारका एडमीन/सदस्य तुल्सी आले मगरको हातबाट उक्त सहयोग हस्तान्तरण गरिएको थियो ।
अनिल लामिछाने मगर अध्यक्ष रहेको मगर संसार परिवार गरिव दुखिहरुको सहयोगमा हरदम क्रियाशील रहेकाले ग्रुप भित्र आबद्ध रहेका मनकारी मगर समुदायले ग्रुप एडमिनहरुलाई सम्पर्क गरि थोरै भएपनि सहयोग गर्न एडमिन परिवारले सम्पूर्ण मगर समुदायहरुलाई अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस