पौष २०, काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई प्रतिबन्धित नेकपा विप्लव पुत्र प्रकाश चन्दले भेट गरेका छन् । सिता दाहाल बिरामी भएपछि उपचारका लागि भारत जानु अघि चन्दले भेट गरेका थिए ।
विप्लब पुत्र प्रकाश चन्द १६ वर्षपछि प्रचण्ड परिवारसंग भेट भएका हुन् । सीता दाहाललाई भेट्न प्रकाश सोमवार बिहान करीब ९ बजे खुमलटार पुगेका थिए । प्रकाशले सीता दाहाललाई आमा भनेरै सम्बोधन गरेका थिए । भेटका क्रममा प्रकाशले सीता दाहाललाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्यसम्बन्धी केही सुझावहरू पनि दिएको खुमलटार स्रोतलाई उदृत गर्दै विभिन्न समाचारहरु प्रकाशित भएका छन् ।
चितवन मेडिकल कलेजमा मेडिकल विद्यार्थीहरूको चर्चित आन्दोलनको नेतृत्व गरेदेखि नै प्रकाश सबैको प्रिय बनेका छन् ।
नेत्रविक्रम चन्दले १० वर्षे जनयुद्ध प्रचण्डकै नेतृत्वमा लडेका थिए । शान्ति प्रक्रियामा आएपछि पार्टी विभाजन हुँदा मोहन वैद्य किरणतर्फ लागेका चन्दले हाल आफ्नै नेतृत्वमा अर्धभूमिगत राजनीति गर्दै आएका छन् ।
प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित दाहाललाई सोमबार उपचारकालागी भारतको मुम्बईमा लगिएको छ ।
प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामनाको सन्देश पठाएका छन्। विप्लवले आफ्ना छोरा डाक्टर प्रकाशलाई स्वास्थ्य लाभको सन्देशसहित प्रचण्डनिवास खुमलटार भेट्न पठाएको खुलासा भएको छ।
उनको भेटलाई लिएर सामाजिक संजालमा बिशेष महत्व दिएको छ । उक्त भेटलाई कतिपयले बर्गीय भावनाको रुपमा अर्थ्याएका छन् भने कतिपयले राजनीतिक अर्थको रुपमा टिप्पणी गरेका छन् । यसरी राजनीतिक दृष्टिकोणले बुझ्नेहरू प्रचण्ड र विप्लवको पुन: मिलनको रुपमा अर्थ्याएका छन् ।
त्यसैगरी प्रधानमन्त्री ओलीद्वारा संसद विगठन पछी सडक संघर्षमा पुगेका प्रचण्डलाई विभिन्न देशी तथा बिदेशी शक्तिकेन्द्रहरुसंग चलखेलमा लागेको टिप्पणी समेत गर्न थालिएको छ । सामाजिक संजालमा भैरहेका तर्कहरुलाई आधार मान्य हो भने पत्नी सिता दाहालको उपचारलाई भारतीय राजनीतिक समन्वका लागि कुटनीतिक माध्यामको रुपमा अर्थ लगाउने गरिएको छ ।
राजनीति भित्रको कुटनीतिलाई प्रयोग गर्न माहिर प्रचण्डको अबको राजनीतिक खेल कसरि चल्छ त्यो भने भबिस्यले मात्रै बताउने छ ।
प्रतिक्रिया दिनुहोस