पोष्टपाटी, काठमाडौं ।
मगर संसार राहत कोषले आफ्नो ३९ औं सहयोग हस्तान्तरण गरेको छ । रूपनदेही जिल्ला, तिलोत्तमा -६ कुञ्जलापुर निवासी ढोल बबहादुर थापा मगरलाई १५ हजार रुपैंया सहयोग हस्तांतरण गरेको हो । मगर संसार फोटो ग्यालरी ग्रुप पेजद्वारा अति दीन, दुखी, गरीब बिरामिहरुको लागि सहयोग गर्ने उद्देश्यले खोलिएको मगर संसार राहतकोषबाट ढोल बहादुर थापा मगरलाई सहयोग हस्तान्तरण गरिएको हो । उपचार गर्न आर्थिक अभाब झेलिरहेको खबर मगर संसारलाई प्राप्त भएपछी आज बुटवल ड्राइवरटोल-नयाँ मिलमा गई मगर संसारका एडमिन /सचिब तिर्सना एडमीन/सदस्य तिर्सना थापामगर र वडा अध्यक्ष केशम ब.छन्त्याल मगरको हात बाट सहयोग हस्तान्तरण गरिएको थियो ।
अनिल लामिछाने मगर अध्यक्ष रहेको मगर संसार परिवार गरिव दुखिहरुको सहयोगमा हरदम क्रियाशील रहेकाले ग्रुप भित्र आबद्ध रहेका मनकारी मगर समुदायले ग्रुप एडमिनहरुलाई सम्पर्क गरि थोरै भएपनि सहयोग गर्न एडमिन परिवारले सम्पूर्ण मगर समुदायहरुलाई अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस