असोज १७, काठमाडौँ । भारतको विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले नेपालको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाअनुसार हाल प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।
यस्तै प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
आज (आइतबार) बिहान आगामी तीन दिनको मौसम विश्लेषण गरी जारी गरिएको मौसम पूर्वानुमान बुलेटिनअनुसार आइतबार बेलुकीसम्म देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ भने प्रदेश १, प्रदेश २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
भोलि (सोमबार) पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । प्रदेश १ का एक–दुई स्थानहरूमा भने भारी वर्षाको सम्भावना छ ।
यसै गरी पर्सी (मंगलबार) केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले छ ।
उक्त स्थानहरूका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेका छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ आश्विन १७ गते (आइतबार)
दिउँसो: देशभर आन्शिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको संभावना छ भने प्रदेश १, प्रदेश २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको पनि संभावना छ।
२०७८ आश्विन १८ गते (सोमबार)
दिउँसो: देशभर आन्शिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक-दुई स्थानहरुमा भारी वर्षाको पनि संभावना छ।
राती: देशभर आन्शिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०७८ आश्विन १९ गते (मंगलबार)
दिउँसो: देशभर आन्शिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर आन्शिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर आन्शिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षा र प्रदेश १ तथा प्रदेश २ का एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि संभावना रहेकोले उक्त स्थानहरुका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।
प्रतिक्रिया दिनुहोस