भदौ १८, रोल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रोल्पाले विभिन्न ७ बुँदे माग राख्दै शिक्षासाग सम्बन्धित कार्यालयहरुलाई ज्ञापन पत्र बुझाएको छ ।
विद्यालयहरुले विभिन्न बाहानामा लिने गरेको शुल्क खारेजी गर्न माग राख्दै शुक्रबार जिल्ला प्रशासन कार्यलय रोल्पा, जिल्ला विकास तथा समन्वय इकाइ रोल्पाका दुर्गा बहादुर खड्का र नगर शिक्षा शाखा प्रमुख महेन्द्र पराजुलीलाइ ज्ञापनपत्र बुझाएको हो ।
विद्यालयहरुले भर्ना शुल्क, परीक्षा शुल्क लगायत विभिन्न बाहानामा लिने गरेको शुल्क खारेजी गर्नु पर्ने, सामुदायीक विद्यालयमा अंग्रेजी र नेपाली गरी दुइ माध्यामबाट अध्यापन गराउदा दुई प्रकारको शिक्षा बन्न गएको हुँदा यसलाई बन्द गर्नुपर्ने, छात्राबृद्धिमा भएको अपारदर्शिता बन्द गर्नु पर्ने, विद्यालयमा भौतिक पुर्वाधार निर्माण लगाएतका क्षेत्रमा भ्रष्टाचार बन्द गर्नुपर्ने लगायत ७ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको अखिल (क्रान्तिकारी) रोल्पाका अध्यक्ष हरी बहादुर वलीले जानकारी दिए ।
साथै आफुहरुले राखेका मागहरुलाई सम्वोधन गर्न सम्वन्धित पक्षलाई ज्ञापन पत्र मार्फत अनुरोध समेत गरिएको छ । ज्ञापन पत्र बुझ्दै यस विषयमा सवै विद्यालयका प्रअहरुसग छलफल गरि सत्य तथ्य बुझेर माग पुरा गरीदिने आश्वासन समेत दिएको अध्यक्ष वलीले जानकारी दिए ।
हेर्नुस ज्ञापन पत्र
प्रतिक्रिया दिनुहोस