रोल्पा कांग्रेस कोषाध्यक्ष बला’त्कारको आरोपमा पक्राउ


भदौ १८, रोल्पा । नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष बला’त्कारको आरोपमा पक्राउ परेका छन् ।

स्थानीय महिलालाई जबरजस्ती कर’णी गरेको आरोपमा कोषध्यक्ष खड्कबहादुर खत्री भदौ ८ गते नै पक्राउ परेपनि ढिलो मात्रै समाचार बाहिरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेश सुवेदीले स्थानीय ४३ वर्षीय महिलालाई जबरजस्ती कर’णी गरेको आरोपमा खत्रीलाई यही भदौ ८ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रहरीले खत्रीलाई जबर्जस्ती कर’णी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत रोल्पाबाट दोस्रो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

पीडित महिलाको उजुरीपछि कोषाध्यक्ष खत्री पक्राउ गरिएको प्रहरीको भनाई छ । उनको रोल्पा अस्पताल रेउघामा स्वास्थ परीक्षण गरिएको छ।

१८ भाद्र २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको