रोल्पामा जताततै टेलिकमका टावर भएपनि किन हुन्छ नेटवर्कमा सधै समस्या ?

रोल्पाको गंगादेव गाउँपालिका राँकमा रहेको रातामाटा टावर ।

साउन १९, रोल्पा । रोल्पाको पश्चिमी भेगमा बर्षायाम सुरु भएसँग फोनको नेटवर्कमा समस्या सुरु हुन्छ । यस वर्षपनि रोल्पामा फोनको समस्या रहेको स्थानयीले गुनासो गरेका छन् ।

गंगादेव गाउँपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका तथा थबाङ्ग गाउँपालिका लगायतका क्षेत्रमा फोनको समस्या रहेको छ । स्थानीयहरूको भनाइ अनुसार जब बादल, कुइरो र पानी पर्छ तब फोनले काम गर्न छोड्छ ।

“मोबाइलमा हेर्दा टावर देखाउछ, तर काम गर्दैन,” परिवर्तन गाउँपालिका–६ का मनोज बुढामगरले भने । साँझ बिहानको समयमा सबैभन्दा धेरै फोनको समस्या हुनेगरेको छ । माडी गाउँपालिकाको वडा नं.५ भाबाङ्ग,वडा नं.३ तालाबाङ्ग, परिवर्तन गाउँपालिका वडा नं.२ राङ्सी,वडा नं.५ राङ्कोट थबाङ्ग गाउँपालिका वडा नं.२ थबाङ्गमा टावर बनेका छन् तर पनि भरपर्दो छैन ।

गंगादेव गाउँपालिकाको वडा नं.७ राँकको रातामाटामा पश्चिम नेपालको सबै भन्दा धेरै क्षमता भएको नेपाल टेलिकमको टावर छ ।

जतिपनी नेपाल टेलिकमको शाखाहरू छन् ती सबै पश्चिमी रोल्पाको समस्याको रूपमा रहेको परिवर्तन गाउँपालिका–२ का वडा अध्यक्ष तथा परिवर्तन गाउँपालिका प्रवक्ता हरिप्रसाद बुढामगरले टिप्पणी गरे । रातामाताको टावरमा समस्या देखापर्न बित्तिकै आफ्नो पालिकाको टावरहरूमा पनि समस्या आउने उनको भनाई छ ।

४/५ बर्ष पहिले फोन गर्नको लागि घण्टौ हिडेर अग्ला अग्ला डाँडा काँडा धाउनुपर्ने र अग्लो रुखमा चढ्नुपर्ने बाध्यता रहेको परिवर्तन गाउँपालिका स्थानीय प्रकाश पुनमगर बताउछन् ।

लामो समयदेखि नेपाल टेलिकमको कर्मचारीको रूपमा काम गर्दै आएका तारादल वलीसँग समस्याको बारेमा बुझ्दा मुख्य समस्या विद्युतको आपूर्ति रहेको बताए ।

उनको भनाइ अनुसार टावर सौर्य उर्जाबाट सञ्चालन भइरहेको र घाम गरेपछी ब्याट्रीमा पावर सञ्चित गरेर चलाउन सकिन्छ । केही समययता बर्षायाम सुरुभएदेखि समस्या देखिएको वलीको भनाई छ । उनले भने,“धेरै वर्ष भयो सोलारको दुई सेट ब्याट्री जिर्णभएको र नमस्ते र इस्काई दुई ओटालाई एकै ठाँउबाट सञ्चालन गर्दा पावर पु¥याउन हम्मेहम्मे परिरहेको छ ।”

टावर पूर्ण रूपमा सञ्चालन गर्नको लागि १५ किलोवाट बराबरको विद्युत पावर खपत हुने र पटक पटक आग्रह गर्दापनि कुनै पहल नभएको वलीको गुनासो छ ।

१९ श्रावण २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको