कोरोना


  • राधा थापा

तीन करोड जनताले नसकेको
एउटा किराले देशै हल्लायो !
ए ! ६०१ नेता हरू एउटा किरालाई त मार्न सकेनौ
देश कसरी चलाउँछौ हँ !!

जाबो एउटा किराको डरले घर बाहिर निस्कन बन्द भो !
कति त डरले आत्महत्या नै गर्न पूगे
कति त हार्टअट्याक भै मरे !!

कस्तो र कून रङ्गको होला त्यो किरो !
हजारौ हज़ार मान्छे खायो !!
बालबच्चाहरूको स्कूल जाने बाटै बन्द गरायो !!!

कतिका बा आमा गूमे ,
कति भए टूहूरा !
ए किरा, तैंले अब तेरो लक्ष्य कहिले गर्छस् पूरा !!

कहॉ देखि तँलाई कस्ले पठायो !
आइस् तँ कसरी जहॉ बाट आको होस् !!
उहीँ थान्को लगाई बस् जसरी !!!!

अझै रूप र नाम फेरी फेरी झम्टदै छस् किन हँ !
कतिलाई टूहूरा बानाउँछस् तैले भन् यहॉ !!

आफैं आएको होकि तँ कसैले पठाएको हो !
हैन भने यतिका वर्ष सम्म किन बसेको हँ !!

दबाईले र सूईले पनि नमर्ने !
कति अजमबरी होस् तँ !!
जाबो तँ किराले विश्व हल्लाइस् त हँ !!!

१९ असार २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको