एक छापामारसंगकाे त्यो अन्तिम दिन…


गाेर्खा भारतीय सेनामा लामाे समय एक हाेनहार याेद्दाकाे रुपमा कार्यरत भई पेन्सन सुरक्षित बनाई निवृत्त जिवन विताईरहेका एक सामाजिक व्यक्तित्व जाे जनताकाे सेवामा सामान्य भन्दा सामान्य शुल्क लिएर वा नि:शुल्क सेनामा हुँदाकाे अनुभवकाे आधारमा स्वास्थ्य जाँचमा संलग्न मान्छे, मैले सामाजिक व्यक्तित्व यस कारण भने जसले पेन्सनकाे रकम लिन जाँदा प्राथमिक उपचारका सामान्य औषधीहरु र स्वास्थ्य उपकरणहरु ल्याएर पश्चिम राेल्पाका अधिकांश गाविसमा आफु पेशामा रहदा जाने बुझेकाे अनुभवबाट प्राथमिक स्वास्थ्य सेवा दिईरहेका थिए । तत्कालिन समयमा राेल्पाका गाउँ-गाउँमा उपचार सेवा दिनु विपदमा भगवान प्रकट हुनु जस्तै थियाे । गाउँमा प्रधान नामले पुकारिने हरिबहादुर (नाम परिवर्तित) स्वभावले भने फाैजी प्रवृत्तिका थिए ।

कुरा वि.स. २०५५/५६ साल तिरकाे हाे, उक्त समयमा राेल्पामा तत्कालिन माओवादीले सस्त्र जनयुद्दकाे नाउँमा बन्दुक बाेकेर युद्दकाे सुरुवात गरे । कतिपय गाउँका प्रधान पन्च भनिने र गाउँका जान्ने सुन्ने पढेलेखेकाकाे उपमा पाएकाहरुलाई सामन्ती बुर्जुवा र शाेसककाे उपनाम दिदै जनकारबाही नामकाे यातना दिन थालेका थिए । आर्थिक कार्वाहि गर्ने र नदिए भाैतिकसम्मकाे कारबाही गर्ने गरिएकाे सजिलै देख्न सकिन्थ्याे तत्कालिन समयमा माओवादीहरुकाे विशेष क्षेत्र पश्चिम राेल्पामा । तर उक्त समयमा माओवादीकाे वर्ग दुस्मन भनेर चिर परिचित नेपाली कांग्रेसकाे खुलेरै समर्थन गरेकाे देखिएपनि प्रधान जनकारबाहिकाे भागेदारसम्म भने हुन भ्याएका थिएन्न । लामाे समयकाे अन्तरालपछि अरुलाई औषधि बाँड्दै हिडिरहने प्रधान आफ्नै खानपान शैली र दैनिक जीवन शैलीमा ध्यान पुर्याउँन नसक्दा उनी लामाे समय जिवन्त रहिरहन भने सकेन्न । अन्तत: पाँच छाेराका बाबू प्रधान याे संसारबाट सदाका लागि विदा भएरै छाडे । समाजबाट प्रधानकाे भाैतिक शरिर सदाका लागि विदा भएपनि उनकाे जनताबाट प्रदान गरिएकाे डाक्टर उपाधि भने अझै जिवित रहिरहेकाे देख्न सकिन्छ ।

प्रधानकाे मृत्यु पश्चात प्रधान कि तेस्रो पत्नीले प्रधान विनाकाे रित्ताे घरमा बसिरहन उचित ठानिन्न ।उनी कुनै न कुनै बाहनाका गाउँ छाेड्ने निधाे गरिन, सायद पति विनाकाे रित्ताे गाउँ घरमा एक्लाे महशुस गरि होलिन । छाेरा त पाँच-पाँचवटा छन तर उनले जन्म नदिएकी, तै पनि कान्छाे बाहेक अरु चार छाेराहरु पहिल्यै छुट्टिएर बसेका थिए । अन्तत: उनि बसाई सरेर एक्लै गाउँ छाेड्ने निर्णयमा पुगिन, र दाङतिर सरिन । अब बाँकी मात्र कान्छाे छाेरा विर बहादुर (नाम परिवर्तित) । बीरबहादुर एक प्रतिभाशाली कलिला युवा किशाेर थिए । जसले तत्कालिन समयमा ७/८ कक्षा सम्मकाे औपचारिक शिक्षा समेत हाँसिल गरेका थिए । सानै उमेरमा उनि साहित्य अझ गजल, मुक्तक र सायरी शिर्जनामा अत्यन्तै माहिर मानिन्थे । मैले समेत साहित्य शिर्जनाकाे उत्थानमा उहाँलाई पछ्याएर सिकेकाे हूँ । उहाँकाे एउटा सायरी अझै ताजै छ मेराे मनमा (पल्लाे पाटाे लसुन लाएँ दुईहातले गाेडेर…. मायाँ बस्याे विहे भयाे नजाउँ है छाेडेर) सायरीमा यसरी साहित्य सीर्जना गरेपनि उनलाई छाेडेर जानसक्ने मान्छे भने उनले कहिल्यै भित्र्याउन सकेन्न । उनकाे छाेडेर जाने मान्छे भित्राउन नपाउँदै आफै धर्तीबाट विदा हुनुपर्ने अवस्था सिर्जना भयाे । गहुँगाेराे चेहरा, करिब ५ फिट ४ ईन्च जतिकाे ठिक्क मिलेकाे उचाई, चिटिक्क कलिलाे किशाेर । यदि साे समयमा राेल्पामा गाेर्खा भारतीय सेनामा भर्तीका लागि कुनै अबराेध विना जान सम्भव थियाे भने उनी पनि बाबू जस्तै लाहुरे बन्न सक्ने देखिन्थे । तर परिस्थितिले एक्लाे र अवस्थाले निराश भएर थाकेका मान्छे, के पाे गर्नु एक्लै । अझ त्यसमा कुनै कामले गाउँ छाेड्दा माओवादी र सरकार पक्ष दुबैकाे सिफारिस बाेकेर हिड्नुपर्ने।

साँच्ची क्या छिट्टै पीडा भुल्ने क्षमता राख्छन राेल्पालीहरुले, कत्ति त्यागी र सहनशिल बन्न सकेका राेल्पालीहरु । उनकाे एक्लाेपनाले अन्त त मान्छेहरुकाे जमात हूल समाउन बाध्य बनायाे । तत्कालिन समयमा सञ्चालित युद्दका लागि जनमुक्ति सेना अर्थात लडाकू छापामारकाे रुपमा उनी राज्य सत्ताका बिरुद्दमा लड्न तयार भए । परिस्थितिले उनलाई आफ्नाे बाउ, बाजे र परिवारले अंगालेकाे राजनितिक विचारकाे विरुद्दमा उभिन बाध्य बनायाे । माओवादीले उक्त समयमा पश्चिम राेल्पाकाे गुरिल्ला (नाम परिवर्तन) डाडाँमा सञ्चालन गरेकाे पिटी परेटमा सहभागी भएर एक लडाकू छापामार भएरै छाडे बीरबहादुर ।

१७/१८ बर्षका एक ठिटा छापामार लडाकूकाे तालिम सकेर लडाकू छापामार कमरेड ‘शाहसी’मा परिवर्तन भए । लाहुरेका छाेरा बाबू जस्तै लाहुरे बन्नुपर्ने उमेरमा समय र परिस्थितिले एक बीर छापामारमा रुपान्तरण गराएकाे थियाे । हामी शान्तीले नायाँ सिर्जना गर्न मद्दत गर्दछ भन्छाै तर कहिलेकाँही एक्लाे र शान्त वातावरणले मान्छेमा हिंसात्मक बाटाेका लागि तयारी बनाउँदाे रहेछ । जनताकाे जनसत्ता बन्दुककाे नालबाट प्राप्त हुने चिनियाँ कम्युनिष्ठ नेता क. माओकाे सिद्दान्त र साेहि सिद्दान्तलाई पच्छ्याएझै गर्ने तत्कालीन नेताहरुकाे प्रवचनमा उनी पनि विश्वस्त हुन थालेछन क्यार । दैनिक जसाे आफू आवद्द तत्कालिन माओवादी पार्टीकाे प्रशिक्षण, राज्यसत्ता कब्जाका नाममा सञ्चालित गतिविधिहरु चाैकी कब्जा र जनसहयाेग जस्ता कार्यमा सहभागी भईरहने विरबहादुर उर्फ क. शाहसी लामाे समयदेखी घरमा आउन भने छाेडेका थिए । रित्ताे घर र एक्लाेपनाले उनलाई घरमा बस्न पनि सायद मन लागेन हाेला ।

वि.स. २०५७/५८ सालतिर हाे । हाम्राे घर गाउँकाे बेशीतिर थियाे, र अहिले पनि साेहि ठाँउमै छ । पहाडी क्षेत्रमा वेशीतिर जाडाे समयमा अत्यन्तै चिसाे अझ हाम्राे गाउँ उत्तरतर्फ फर्किएकाे माेहडा भएकाले चिसाे हावा चलिरेहेकाे हुन्थ्याे । हामी भावनात्मक र रगत दुबै नाताले क. शाहसीसंग धेरै नजिक थियाै । त्यहीं नजिककाे नाताले क. शाहसी काकाकाे डाँडामा रहेकाे रित्ताे घरमा हामीलाई जाडाे याममा गाेठ सार्ने अवसर मिलेकाे थियाे । बर्षकाे मंसिर महिनामा डाँडामा गाेठ जान्थ्याैं भने बैशाखमा वेशीमा गाेठ झार्थ्याै । डाँडाकाे उनकाे घर हाम्राे जाडाे छल्ने एउटा गतिलाे माध्याम समेत बनेकाे थियाे र अर्काे तर्फ मेराे बा पनि उक्त समयमा माओवादी राजनितिबाट दिक्षित सक्रिय कार्यकर्ता हुनुहुन्थ्याे । साेहि कारण यदि क. शाहसी गाउँ आउँथे भने केवल नाता, विचार र भावनाले नजिक अनि हामी उनकै घरमा बस्ने भएकाले हाम्राे घरमा आउथे र हामी संगै बस्थे । हतियारका नाउँमा सटगन, भरुवा बन्दुक, कार्ताेस र कहिलेकाँही यदाकदा राईफल लियर २/४ थान स्याउका डल्ला जस्ता ग्रिनेट बाेकेर गाउँ आउने क. शाहसी नाम जस्तै शाहस र विरताका कुरा गर्न थालिसकेका थिए ।

रहर पनि हुँदाेहाे १७/१८ बर्षकाे उमेर आखिर कत्तिन विज्ञता भएकाे हुन्छ र ? सायद उनी उमेरकाे चकचकेपना र अल्लारेपनाले बन्दुक पडकाउन पाउने रहर रहरमै जीवन र मृत्युकाे खेलमा सहभागी भएका थिए । एकपटक उनी आफैले भरुवा बन्दुकमा बारुद र गाेली भरेर डट्दै (खाँद्नु) गर्दा धेरै चापले आफै पट्किएर हातका २ आैला पूर्ण रुपमा गुमाएका थिए । व्यक्तिगत स्वार्थ र कसैसंग रिसईवि साट्न पार्टीमा लागेका तत्कालीन समयका नेता कार्यकर्ताहरुकाे क्रान्तिकारी प्रशिक्षणबाट कलिलाे मन मस्तिष्क नजानिदाे तरिकाले प्रभावित भएर हाेला सायद उनले हातका २ आैला गुमाएकाे प्रवाह कहिल्यै गरेन्न । बरु उल्टै उक्त समयका सुप्रिमाे कमाण्डरकाे अप्रत्यक्ष शिक्षाबाट दिक्षित भएर राज्यसत्ता ढाल्ने र गरिबकाे झुपडीमा आगाे बाल्ने भनेर उनले क्रान्तिकाे पथमा आफ्नाे यात्रा अगाडि बढाएका थिए ।

सायद राज्यसत्ता भनेकै राम्राेसंग थाहा थिएन विचरालाई । तर राज्य सत्ता ढाल्ने शब्द भने मजाले झुण्डिएकाे थियाे उनकाे तन मनमा । उक्त समयमा यी र यस्तै कलिला किशाेरहरु कत्ति आश्वासन र मिठाे प्रशिक्षणमा तन मन लगाएर मरे त्याे त केवल अहिले आँकडा मात्र बाँकी देख्न सक्छाै, भनिन्छ नि याे संसार बाँच्नेहरुका लागि हाे भनेर । जे हाेस क. शाहसी काकाकाे शाहस जाेसीलाे नै देखिन्थ्याे । वि.स. २०५९ सालतिर हाे शाहसी काका धैरै समयपछि गाउँमा आएका थिए वैशाखकाे महिना थियाे, हाम्राे गाेठ पनि डाँडामै थियाे अर्थात शाहसी काकाकाे घरमा । साहिनाेले मेरा काका पर्ने, यसपाली पनि अन्य दिनहरुमा जस्तै कालाे मैलाे फित्ताले भिर्ने बनाएकाे सटगन नामकाे बन्दुक, ८/१० वटा जति गाेली र २ थान सकेट बम बाेकेर घर आएका थिए । तत्कालिन समयमा युद्द र माओवादी आन्दाेलन प्रत्यक्ष नजिकबाटै देखेर हाेला अरु जे जस्ताे भएपनि उनिहरुले फित्तामा बाेकेर हिड्ने हतियारकाे नाम हामीले कण्ठै पारेका थियाैं ।

एक समयकाे घट्ना मलाई अझै झलझल्ती याद आईरहन्छ, हाम्राे घरमा लामाे समय जनश्रम गरेर बसेका छापामार क.बर्मा जसकाे सफा गरेर राखेकाे राईफल मैले जानअन्जानमा फाएरिङ गरिदिएकाे थिएँ । आम्मा ! धन्न बाँचिएकाे थियाे । बचपन, नयाँ कुरा जान्न ईच्छुक कस्ताे हुँदाे रहेछ भनेर ट्रिगर तानेकाे ड्याम्म पड्कियाे । अहिले सम्झदा पाे शरिर सिरिङ्ङ हुन्छ । साँच्ची क. बर्मा अहिले कता छन हाेला ? मान्छे साह्रै राम्रा थिए क.बर्मा । जनताकाे सित्तैमा खानु हुँदैन भन्ने महावाणीबाट प्रशिक्षित भएका श्रम गरेर खाने भन्दै जनताकाे बारी खन्न र भारी बाेक्न समेत तयार हुन्थे ।

वैशाखकाे महिना विहानै घाम लागेकाे थियाे । करिब विहान ७/८ बजेतिर हामी सबै परिवार र काका क. शाहसी सबैले विहानकाे खाना खायाै । बुवा र आमा खाना खाएर खाेलातिरकाे खेतमा आलु खन्न निस्कनु भयाे । मेरा २ दाजु र दिदी झाेला बाेकेर विद्यालय गए । मैले काकालाई छाेड्नै नसकेर विद्यालय नगई काकासंगै बस्ने निर्णय गरेकाे थिएँ, म पनि केटकेटी उमेरकाे काकाकाे हतियारलाई, के रहेछ आज याे हतियारका बारेमा जान्दछु भनेर उत्सुक भएछु । टनटलापुर घामसंगै विहानकाे १०: ३० हुँदै थियाे । काकाले भित्र कुनाकाे भकारी माथि लुकाई राखेकाे सटगन र २ थान ग्रिनेट निकाल्दै मैराे (घर भित्रकाे आगन) मा राखे । आखामा नपर्ने तर शरीर तातिनेगरि घामकाे किरण मैराेमा मजाले फिजियकाे थियाे र त्यहि घामकाे समिपमा काकाले ती हतियार र बमका डल्ला राखे । अनि एक एक गरेर खाेल्दै सफा गर्न थाले ।

काकाबाट हतियार सफा हुँदै थियाे त्यतिकैमा घर माथिकाे बाटाेमा ग्रप, …. ग्रफ, … ग्रप …. बुट बजेकाे आवाज आउन थाल्याे । मैले माथितिर हेरे, काका जस्तै टाटेपाटे कपडा लगाएका सैनिकहरु कपडामा खासै फरक छैन केबल जुत्तामा फरक छ । माओवादी छापामारहरुले कपडाका रु २५०/- रु ३००/- जतिमा पाईने जुत्ता लगाएका हुन्थे । तर आजका टाटेपाटेवालाले काला बुट लगाएका, म त एक बालक आखिर एकैखाले लुगा लगाएका छापामार र शाहीसेना कसरी चिन्नु । काका जस्तै हतियार भएकाहरु धेरै आएका रहेछन भनेर झन खुसी भए ।

साेहि समयमा विपरित तिरबाट गाउँका अर्का एक छापामारका बाबु पुर्के बहादुर (नाम परिवर्तन) आउँदै थिए टाटेपाटे कपडावाला हरुले उनलाई राेकेर प्रश्न गर्न थाले । त्यतिकैमा वडाे गर्वका साथ उनले जवाफ दिदै थिए “उ त्यहि हाे त्यही भन्दै हाम्राे घरलाई सिकाई रहेकाे दृष्य हामीले सशजै देख्न सक्थ्याै” । त्याे समयमा फूर्के बहादुरले के भनेका थिएँ अहँ मैले बुझिन तर पछि सुन्दा थाहा पाएँ “तपाईंहरु जस्तै जनसेनामा मेराे छाेरा पनि छ याे गाउँकाे जनसरकार प्रमुखकाे घर उ त्यहि हो ।

तपाईहरु जस्तै सेना उ त्यहाँ घरमा पनि आएकाे छ त्यतै जानुस म पनि एकछिनमा आउँछु” भनेर सिकाएका रहेछन उमेरले उक्त समयमा ४०/४५ बर्ष जतिका फूर्के बहादुर म जस्तै तत्कालिन शाही सेना र छापामार छुट्याउन सकेका रहेनछन र उनले अझ खुसी र गर्वका साथ सत्य ह्वारह्वार्ती बाेलिदिएका रहेछन । धन्न ती टाटेपाटे लुगा लगाएकाहरुले फूर्के बहादुरलाई त्यत्तिकै छाेडिदिएछन । हुल बाँधेर करिब २/२ मिटरकाे दुरीमा हिडिरहेका ती सैनिक मध्ये समूहबाट अलगिएर १० जना हामी बसीरहेकाे ठाउँतिर आए र काकालाई बाेलाउँदै “के छ कमरेड” भन्न थाले । मैले काकाकै छापामार साथिहरु रहेछन भन्ने ठाँने । किनकि हाम्राे घरमा आउने माओवादी जति सबैले एक अर्कालाई कमरेड भनेर बाेलाउँथे ।

तर त्यतिवेलासम्म काकाकाे अनुहारमा आगाे बलेर पसिना झर्न थालेकाे, डर र भयले विछिप्तता र त्रास मात्रै देखिन्थ्याे, म त केटकेटी उमेरकाे थिए त्यसैले हाेला, काकाले अब यी छापामारका लागि खाना पकाउनु पर्ने भयाे भन्नेे ठानी दु:ख मानेर राताेपिराे भएकाे हुनुपर्छ भन्ठाने । तर त्यतिकैमा काकालाई २ जनाले झ्याप झुप समाते र हाम्राे घरकाे पुरै खानतलासी गरियाे । केहिले भन्दै थिए “ल राम्ररी हेराै है यहाँ त हतियारकाे भण्डार नै छ जस्ताे छ” । घरमा केबल भुतिएका २/४ थान खुकुरी थिए । मासु तरकारी काटेर थाकेका तर पनि ती सबै लगिदिए । हाम्रा ‘बा’ले खानेपानीका पाईपहरु मर्मत कार्यमा प्रयाेग गर्न रिन्ची राख्नुभएकाे थियाे अँह, त्याे रिन्च समेत छाडेन्न ती टाटेपाटे कपडा लगाएकाहरुले । मलाई नम्र तरिकाले साेध्दै थिए “ए कान्छाे तिम्रा बाबू, आमा काे कता छन ? आजभाली हामी जस्तै धेरै मान्छे आउँछन तिम्राे घरमा ?” तर अहँ मेराे बालापनाले केहि कुरा लुकाउन चाहेन । बच्चाले सत्य बाेल्छन भनेर पनि मैले त्यहि आफ्नै सत्य घटनाबाट सिकेकाे हूँ, मैले नढाँटेर सबै खर्खर्ती भनिदिएँ बा, आमा र परिवारकाे जानकारी । तर धेरै अगाडीबाट छापामार तथा माओवादीहरु घरमा खासै नआएकाले मैले वास्तवमै त्यही जवाफ दिएँ, अहिले सम्झिदा पाे डर लागेर आउँछ ।

यदि सिकाउन लगाएर बाबू आमा कहाँ नै ति शाही सेनालाई पुर्याईदिएकाे भए ? क्रमश एक एक गरेर घरकाे खान तलासी गरिदै थियाे, अन्न राखेका भकारी पुरै अन्न छरपष्ट पारेर खालि गरे बाकस सबै खाेले हेरे तर भएकाे २/४ सय पैसा भने लगेन्न, ईमान्दारीताकाे उदाहरण भने दिएरै छाडे । खानतलासी सकेर क. शाहसी काकालाई समेत जबरजस्त साथमा लिएर ती सबै हाम्राे घरबाट हिडे । म पनि काकासंगै जान भनेर अनुराेध र जिद्दि गरे । तर ती मान्छे मध्ये काँधमा सूर्यकाे चित्र लगाएका एक जनाले हैन तँ नजा, तँ घरमै बस, तेराे काका एक छिनमा आउँछ भनेपछि मैले हुन्छ भन्ने संकेतमा टाउकाे हल्लाए ।

काकालाई समातेर हतियारसहित लगियाे । तर अहँ मैले कुनै संकाेच मानिन । किनभने मेराे बाल मस्तीस्कले माओवादी छापामार बाहेक अरुले बन्दुक बाेकेकाे देखेकाे थिएन । आजका बन्दुकेहरुपनी माओवादी छापामार नै सम्झी अझ उनकै साथिहरुले लिएर गए केही समय पछि फर्केलान भन्ने ठाँने । एकै छिन पछि गुरिल्ला डाँडामा माओवादीले मेहनतका साथ बाँसबाट बनाएकाे शहिद गेटमा दनदनी आगाे बल्याे । मैले भने घरबाटै हेरिरहे, आगाेकाे मुस्लाे बाईस हात माथी देखिन्थाे । अझै पनि मैले बुझ्न सकिरहेकाे थिएन के भईरहेछ यहाँ । मन मनै सोचे र बाल मस्तिस्ककाे भरपुर उपयाेग गरेर उनिहरुमाथी मनमा नराम्रा धारणाकाे सिर्जना गर्दै, “यिनिहरु कस्ताखाले माओवादी छापामार रहेछन आफ्नै साथिहरुले बनाएकाे गेट जलाउने भनेर” साेचिरहे । गेटमा आगाे लगाईएकाे करिब ३०/३५ मिनेट पछि ड्याम…..सररररर… ड्याम….सरररर… दुई पटक गाेली पडएकाे आवाज आयाे । घरदेखी माथि उत्तर पश्चिमतिर पानी ट्याङकी नजिकैबाट फायरिङकाे आवाज आएकाे थियाे । मैले बुझ्नै सकिन बन्दुक किन पडकाएकाे हाेलान भनेर । कुराे यस्ताे पाे रहेछ, काकालाई माओवादीले निर्माण गरेकाे शहिद गेट भएकाे ठाउँमा पुर्याई गेट भत्काएर जलाउन लगाईएछ । आगाे लागेर गेट नष्ट भएकाे थाेरै समय पछि शाही सेनाले गुरिल्ला डाँडा नजिकैकाे घरमा पिउन र आगाे निभाउनका लागि पानी मागेछन तर नजिकैकाे घरवालाले काकालाई उनिहरुसंग देखेपछि बचाउने उपाय साेच्दै, घरमा पानी हुँदाहुँदै पनि जुन रित्ताे थियाे त्यहि गाग्राे बाहिर ल्यायर देखाएर पानी छैन भनेछन ।

जनयुद्दका समयमा राेल्पामा यसरी नै धेरै छापामारहरुलाई बचाउनका लागि जनताले अनेकन उपाय लगाउँथे । त्यसपछि ति सैनिकहरुले नजिकै रहेकाे धाराेमा पानी कहाँबाट आउँछ भनेर साेधेपछि नजिकमा घर भएकाले जवाफ दिएछन “उ त्याँ माथि नजिकै ट्यांकी छ त्यहीबाट आउँछ अहिले बन्द गरिएकाे छ, साँझ विहान मात्र आउँछ हाम्राे विहान भरेका भाँडाहरु पुरै रित्तिएका छन” भनेर जवाफ दिएछन । अनि ति शाही सेनाले पानीकाे ट्याङ्की कहाँनेर छ हामीसंगै सिकाउन हिड भनेर शाहसी काकासंगै ५/६ जना शाहीसेना पानी खाेल्न मुहान सम्मै पुगेछन ।

पानी खाेल्दा खाेल्दैकाे क्रममा एक्कासी शाही सेनालाई झुक्याएर छापामार काका भाग्न थालेछन र सेनाले गाेली चलाएकाे रहेछ । धन्न काकालाई गाेली नलागि सकुसल भागेर बच्न सफल भएका रहेछन । काका भाग्दै खाेलाकाे आलुबारी भएकाे खेतसम्म पुगेछन र मेरा बाबू आमालाई भेटेर भनेछन “म त भागे कान्छाे घरमै थियाे कतै मारे कि” ? अझै थपेछन फुर्के बहादुरले जनसरकार प्रमुखकाे घर भनेर जान अन्जानमा हाम्राे घर सिकाईदिएछन खै के-के गर्ने हाे ?

यस्ताे अच्चम्मीत र भयानक खबर सुनेर बुवा आमा आत्तिनुभएछ आत्तिएर के गर्नु शाही सेना कहाँ पुगे गाेली….. अहँ बुवाले तँ घर जा म र याे कान्छाे जंगलतिर गयाै भनेर बुवा र काका जंगल पस्नुभएछ । आमा चेत अचेतकाे अबस्थामा रिसले आगाेझै भएर जसले हामी बसेकाे घर याे गाउँकाे माओवादी जनसरकार प्रमुखकाे हाे भनेर सिकाएकाे थियाे त्यहीं फूर्के बहादुरकाे घरमा पुगेर आमाले साेध्नु भएछ “फूर्के दाइ खाेई ? सेनालाई घर सिकाईदिने मेराे छाेराे तलमाथि भएकाे भए त्यसकाे जिम्मा तिमिहरुले लिनुपर्छ भन्नुभएछ” । तर जान अन्जानमा घर सिकाउने फुर्के बहादुर घरमा नभएर उन्की पत्नीले आफूलाई साे घटनाबारे केही थाहा नभएकाे जानकारी दिएपछि आमा रिस र भयका साथ घरतिर आउँदै हुनुहुन्थ्याे । म पनि एक्लै बुवा आमाकाे खाेजीमा खेततिर झर्दै गर्दा टुप्लुक्क त्यही बाटाेमै आमालाई भेटाएँ । आमा अच्चम्मित हुनु भयाे र भन्नू भयाे, तँलाई केहि गरेन्न तिनिहरुले, यत्ति भनेपछि म बल्ल अलि अलि बुझ्ने भएँ काकाले सधै दुस्मन भनेर भनिरहने शाही सेना पाे रहेछन तिनिहरु त ।

आमाले अझै थप्नुभयाे तेरा बा र पारिघरका कान्छा जंगलतिर गईसके म त, तँ कता गईस भनेर आत्तिएर आएकि हूँ, सैनिकहरु गए कि डाँडामै छन, यदि गईसकेकाे भए हिड घर जाम भन्नु भयाे र हामी घरमा आयाैं । त्यतिन्जेल सम्म शाही सेना त्यहाँबाट हिडिसकेका रहेछन । आमाले घरमा यत्र तत्र सर्वत्र पारिएका सामानहरु मिलाउनु भयाे । अवस्था सामान्यमै फर्कियाे तर बेलुका बुवा मात्रै घर फर्कनु भयाे, बुवा भन्दै हुनुहुन्थ्याे, घर जाम भनेकाे “अब घर जान्न पाे भन्याे उतै पार्टीकाे काममा हिड्याे” भनेर आमासंग कुरा गर्दै हुनुहुन्थ्याे मैले बुझिहाले काका घर नफर्किएर उतै जानू भएछ ।

यसरी मृत्युकाे मुखबाट उम्केर भागेका छापामार क. शाहसी काका कुनै दिन सहिद भएकाे खबर आउँछ भनेर हामीले अहँ सपनामा समेत साेंचेका थिएनाैं । स्वयं मैले छापामार क. शाहसी काकासंगकाे त्याे भेट नै अन्तिम हुने कुरालाई अहँ कहिल्यै विश्वास गर्ने पक्षमा थिएन । तर सत्य टारेर नटर्ने करिब ४/५ महिनापछि माओवादीका एक कार्यकर्ता उध्रेकाे झाेला र मैलाेकाे डाम बसेकाे फित्ताले भिरेकाे कटुवा बन्दुकसंगै गाउँमा खबर लिएर आए “क. शाहसीले हाम्राे क्रान्ती र जनताकाे मुक्तिका लागि राेल्पा गामकाे आक्रमणमा सहिद हुनुभयाे। हामी अब अझै शशक्त भएर सहिदका सपना पूरा गर्न तर्फ लागिरहेका छाैं” हामी नि:शब्द भयाैं उसले भनेकाे सपना पूरा गर्ने सान्त्वनामा हाम्राे कुनै प्रतिकृया थिएन । तत्कालिन बाल्य अबस्थामा सुख दु:ख र अल्पायुमै आफन्त गुमाउनुकाे पिडाबाेध त्याे बाल मस्तिष्कले गर्न नसकेपनी बिस्तारै बुझ्ने र उमेर थपिदै गएपछि कता कता अभाव खड्कीएकाे महशुस हुन थालेकाे छ। तत्कालिन शाही सेनाकाे गाेलीबाट बच्न सफल भएर फरार भएका छापामार काकासंगकाे त्याे दिन नै हाम्राे भेटघाटकाे अन्तिम दिन थियाे ।

कलिलाे उमेर, एक्लाे शरीर मुक्तिका लागि माटाेमा समर्पन गर्ने काका क. शाहसी सहित दशबर्षकाे गृहयुद्दमा मृत्युवरण गर्ने राज्य तथा विद्राेही पक्षका सम्पुर्ण सहिदहरुमा हार्दिक श्रद्दासुमन । तर अहिले वर्तमान समय फेरिएकाे छ । सामन्तीरुबाट स्थायी मुक्तिका लागि लडेकाे भनिएकाे गृहयुद्दले कता कता नव सामन्तहरु जन्माएकाे हाेकी भन्ने प्रश्नहरु खडा गरिरहेकाे छ ।

यसरी दस वर्षे युद्दमा लडेर जिवनकाे बलिदान गर्ने सहिदकाे परिवारहरुलाई दस लाख रकमले मुख बन्द गराईदिने काेशिस त गरिएकाे छ नै तर अहँ आत्मसम्मान र अस्तीत्व भने विलाेप नै भएकाे मान्न सकिन्छ । किनकि अविवाहित र एक्लाे शाहसी काका जस्ता अनेकाैं सहिदकाे सपना मेराे रगत, मेराे परिवारले आर्थिक सुविधा पाउने माध्याम मात्र बनाेस भन्ने कदापी थिएन । जसरी कलिलाे उमेरमै मान्छेहरु प्रशिक्षणकाे प्रभाव र किशाेर उमेरका कारण मर्न तयार भएर शहिद भएका थिए । ति दिन सम्झिंदा लाग्छ अहँ !… काटमार र युद्दले विनास शिवाय केहि गर्दाे रहेनछ । एक सामन्तकाे अन्त्य पश्चात् वेला बखत जन्मिरहने परिमार्जित नव सामन्तहरु अझ भयानक र वेथितिकाे स्राेत बन्न सक्दा रहेछन ।

म रगत र भावनासंग जाेडिएका काकाकाे मृत्युलाई लिएर अझै सम्म दु:खी छु । साँच्चै कलिलाे उमेरमा आफ्नाे श्रीमान गुमाएकी एक गृहनी, बचपनमा बाबू गुमाएका सन्तान र बुढेसकालकाे साहरा गुमाएका आमाबावुहरुलाई कस्ताे पिडाबाेध भईरहेकाे हाेला ? तिहारमा दाजु/भाइ नहुँदा दिदी बहिनीहरुले कसरी मन सम्हालेका हाेलान ? अनि सानै उमेरमा छापामार आमा गुमाएकाे सन्तानले कुन बाटाे समातेका हाेलान ? हामीले कहिल्यै विचार गरेनाैं बस, एउटाले सरकार बनाउने खेल र अर्काेले सरकार लडाउने चक्रब्युह रचेर मात्र बस्याैं ।

देशमा एक किसिमकाे परिवर्तन स्थापित गरेकाे माओवादी आन्दाेलन तथा छापामार युद्द तत्कालिन समयकाे माग थियाे या थिएन त्याे आम जनताले मूल्याङ्कण गर्लान । तर राजनितिज्ञहरुकाे सत्तामाेह यतिसम्म भयङ्कर हुँदाे रहेछ कि त्यसमा भावना, दया, करुणा नामका शब्दहरु जाेडिए भने शब्दहरुकाे नै निर्मम हत्या हुँदाे रहेछ । वेलावेला देखिरहने खिचातानीकाे अवस्था नियालेर हेर्दा सायद सहिद, वेपत्ता र अपाङ्ग परिवारहरु खिन्नता महसुस गर्दाहुन, भन्दाहुन “आखिर उस्तै छ प्रवृत्ति, उस्तै छन फेरिएका नव शासकहरु, केवल युद्दरहित शान्ती छ” आफन्त सम्झिएर बेलाबेला भावुक वनाईरहने यस्ताे गृहयुद्द पुन: कहिल्यै नदाेहाेरियाेस, राष्ट्रिय सहमतिका साथ देशलाई प्रगतिकाे पथमा डाेर्याईदिनु नै सहिदकाे सपना पूरा गर्नु हाे ।

लेखक राजनीति शास्त्र र सार्वजनिक नीति व्यवस्थापनका क्षेत्रमा स्नातकाेत्तर अध्ययनरत छन ।

१९ असार २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको