जेठ २०, दाङ । जबर जस्ती क रणी मुद्दामा सात वर्ष बढी जेल सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
घोराही उपमहानगरपालिका वडा नम्बर ४ का ८४ वर्षीय रामु केसीलाई प्रहरी बिहीबार बिहान घरबाटै नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार २०७६ मंसिर २६ गते जब रजस्ती क रणी मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले ७ वर्ष ५ महिना ८ दिन कैद सजाय तोकेको थियो।
साथै, दुई लाख २५ हजार जरिवाना समेत तोकेको थियो। अदालतको फैसला लगतै केसी फरार भएका थिए । पक्राउ परेका केसीलाई बिहीबार नै अदालतमा पेश गरिएको थियो।
अदालतको आदेश कार्यान्वयनको लागि कारागार चलान गरिएको डिएसपी रिजालले बताए।
प्रतिक्रिया दिनुहोस