नेपाल पक्षीय १७ जनसंगठनको चेतावनी: ओली नसच्चिए नयाँ पार्टी गठन हुन्छ


जेठ २०, काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय जनसंगठनहरूले प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली नसच्चिए नयाँ पार्टी गठन हुने चेतावनी दिएका छन्।

नेपाल निकटका १७ जनवर्गीय संगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै संविधान पार्टी विधान र पद्धतिविरूद्ध गरिएका सम्पूर्ण निर्णय सच्याएर एकतावद्ध एमाले बनाउन आग्रह गरेका छन्।

उनीहरूले ओली नसच्चिए क्रान्तिको नयाँ झन्डा उठाउनेसमेत उल्लेख गरेका छन्।

‘पार्टी, जनसंगठन र पेशागत संगठनका सबै संरचनाहरूलई २०७५ जेठ २ गतेको स्थितिबाट केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील बनाइयोस्। त्यसो नगरिए पार्टी र आन्दोलन विसर्जनको बाटोमा जानसक्छ। त्यस्तो अवस्था आएमा हामी त्यस्तो हुन दिने छैनौं,’ उनीहरूले भनेका छन्,’जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिको रक्षाको निम्ति गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति नयाँ शिराबाट एकतावद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनु पर्नेछ।’

२० जेष्ठ २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको