रोल्पामा निषेधाज्ञा थपियो


जेठ २०, रोल्पा । रोल्पामा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय ६ पुगेको छ। आजसम्म जम्मा संक्रमित संख्या १ हजार ३ सय १७ रहेको छ।

बुधबार रोल्पामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा १५ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढिको समेत मृत्यु भइसकेको छ। जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्याङ्कअनुसार अहिलेसम्म ४ सय ८३ जनाले कोरोना जितेका छन्।

यसैबीच संक्रमण रोकथामका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जेठ महिना भरका लागि निषेधाज्ञालाई निरन्तरता दिने भएको छ। समितिका सदस्य तथा रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। यसअघि जेठ २० गते सम्मका लागि निषेधाज्ञा लगाइएको थियो।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिका अनुसार गाउँपालिकाले एन्टिजेन परीक्षणको दायरा बढाउने, होम आइसोलेसनमा बसेकाको अनुगमन गरी प्रतिवेदन पठाउने र जिल्लामा खाद्य संकट हुन नदिनका लागि पहल गर्ने निर्णय गरेको छ। नागरिक दैनिकमा खबर छ ।

 

२० जेष्ठ २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको