गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गर्न मन्त्रिपरिषद्को सिफारिस

फाइल तस्बिर

बैशाख २०, काठमाडौँ । मन्त्रिपरिषद बैठकले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख फेर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

स्रोतका अनुसार गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न बालुवाटारमा जारी बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

उनीहरू दुवैजना तत्कालीन पूर्व माओवादीबाट प्रदेश प्रमुख बनेका थिए ।

२० बैशाख २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको