मन्त्रिपरिषद बैठकले हवाई उडानसम्बन्धी गरेको पाँच बुँदे निर्णय

फाइल तस्बिर

वैशाख २०, काठमाडौं । सरकारले हवाई उडानसम्बन्धी गरेको पाँच बुँदे निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

यस्ता छन् निर्णय:

१. मिति २०७८ वैशाख २० गते राति १२:०० बजेदेखि वैशाख मसान्तसम्म नियमित आन्तरिक हवाई उडान स्थगन गर्ने।

२. मिति २०७४ वैशाख २३ गते राति १२:०० बजेदेखि वैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगन गर्ने।

३. स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल भारतबीच कायम ‘एयर बबल’ सुविधाअन्तर्गतका दुईतर्फी उडान हप्ताको दुइटामा सीमित गर्ने।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले होटल क्वारेन्टिनमा बसे नबसेको दैनिक अनुगमन गरी कोभिड-१९ संकट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन गर्ने। होटल क्वारेन्टिनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापदण्ड पालना नगरेको र क्वारेन्टिनमा नबसेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम मुकरर अधिकारीसमक्ष कारबाहीको लागि लेखी पठाउने। कुनै पनि उडानमा पिसिआर पोजेटिभ भएका यात्रुलाइ बोर्डिङ पास दिई यात्रा गराएमा सो उडानका सबै यात्रुको क्वारेन्टिन खर्च सम्बन्धित एयरलाइन्सले व्यहोर्ने व्यवस्था गर्ने।

४. आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति जारी गर्ने।

५. चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने/जाने यात्रुहरूको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गर्ने।

२० बैशाख २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको