नेकपाको प्रचण्ड-नेपाल समूहले सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटायो

फाइल तस्बिर

फागुन १९, काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहले सुवास नेम्वाङसहित सात जनाविरुद्ध कारवाही गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय समिति बैठकले उपनेताबाट नेम्वाङलाई हटाउने निर्णय गरेको हो । नेम्वाङलाई तीन दिनभित्र उपनेताबाट राजीनामा गर्न पनि निर्देशन दिएको केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए ।

नेम्वाङसँगै नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरिएको छ । बैठकले सचेतक शान्ता चौधरीलाई पनि पदमुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले सबै नेताहरुलाई पार्टीको पक्षमा फर्कन आग्रह गर्दै बिनापूर्वाग्रह जिम्मेवारी दिइने पनि निर्णय गरेको छ ।

यसअघि आजै बसेको स्थायी कमिटी बैठकले संसदीय दलको नेता, उपनेता र सचेतक फेर्ने एजेन्डा केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको थियो ।

१९ फाल्गुन २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको