पुस १९, दाङ । डिभिजन वन कार्यालय दाङ देउखुरीले राप्ती गाउँपालिकाबाट ३१ थान अवैध सालको काठ सहित दुईजनालाई पक्राउ गरेको छ ।
आइतवार विहान करिब नौबजे राप्ती गाउँपालिका वडा नम्बर ९ देविकोटबाट रा १ त २३५१ नम्बरको टेक्टरबाट बजारमा ल्याउदै गरेको ९३१।४९ क्युफिट० ३१ थान अवैध सालको काठ सहित दुईजना पक्राउ गरेको डिभिजन वन कार्यालय दाङ देउखुरीका सुचना अधिकारी प्रेमिलाल प्रसादले जानकारी दिए ।
पक्राउ गर्नेहरूमा राप्ती गाउँपालिका वडा नम्बर ९ निवासी २२ वर्षिय जफर मिया र सोहि ठाउँ निवासी १९ वर्षिय मोहम्मद सरोज मिया रहेका छन् । उनिहरूलाई वन कार्यालयको हिरासतमा राखि थप अनुसन्धान भइरहेको सुचना अधिकारी प्रसादले जानकारी दिए ।
काठ र टेक्टर वन कार्यालयको हिरासतमै रहेको वन कार्यालयले जनाएको छ । काठसंगै बेल्चा तीन थान, सावेल एक थान, त्रिपाल एक थान र धानको बोरा पाँच थान वन कार्यालयले फेला पारेको हो ।
प्रतिक्रिया दिनुहोस