हङकङसहित ९ मुलुकबाट नेपाल आउन रोक


मङ्सिर १६, काठमाडौं । सरकारले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएका विभिन्न ९ वटा मुलुकबाट नेपाल आउन रोक लगाएको छ ।

आज मध्यरातदेखि लागू हुने गरी दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाबे, नामिबिया, लोसेथो, इसवाटिनी, मोजाम्बिक, मालावी र हङकङबाट नेपाल आउन रोक लगाएको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको पर्यटनमन्त्री प्रेमबहादुर आलेले नेपाल प्रेसलाई बताए । जोखिमयुक्त मुलुकमा अनावश्यक यात्रा नगर्न पनि सरकारले आग्रह गरेको छ ।

नेपालबाट विदेश जाने कर्मचारी पनि पूर्वस्वीकृति समेत लिनुपर्ने भएको छ । प्रतिबन्ध लगाइएका मुलुकको भ्रमण गरेर तीन साता पुरा नगरेका अन्य देशलाई नागरिकलाई पनि रोक लगाइएको छ ।

ट्रान्जिटमा रहेका यात्रुलाई भने नेपाल आएपछि आफ्नै खर्चमा सातदिन क्वारेन्टिनमा राख्ने निर्णय समेत भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमणविरुद्ध प्रतिकार्यको लागि विदेशबाट नेपाल आउने र नेपालबाट प्रस्थान गर्ने यात्रुको व्यवस्थापन सम्बन्धी आदेश–२०७८ जारी गरेकोे थियो ।

विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरिएन्ट देखापरेसँगै सरकारले नेपालमा त्यसको रोकथाम र नियन्त्रणका लागि कोभिड संकट व्यवस्थापन समन्वय समिति (सीसीएमसीसी)को नेतृत्वमा क्वारेन्टिन व्यवस्थापन टोली गठन गर्न निर्देशन दिएकोछ ।

यसैगरि, संक्रमण नियन्त्रणको लागि दैनिक २ लाख मानिसलाई कोभिड–१९ विरुद्धको खोप लगाउन समेत निर्देशन दिइएको छ ।

१६ मंसिर २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको