नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू कपिलवस्तुको अध्यक्षमा अनुरागी


असोज १६, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अनेरास्ववियू कपिलवस्तुको जिम्मेवारी दिपक अनुरागीले पाएका छन् ।

जिल्ला पार्टीको पहिलो बैठकले नै अनुरागीलाई अध्यक्षको जिम्मेवारी दिएको भएपनि शनिबार भएको जिल्लाको अगुवा कार्यकर्ता भेलाले उनको अध्यक्षतामा ५१ सदस्यिय जिल्ला कमिटी घोषणा गरेको हो ।

जसको उपाध्यक्षमा सम्झना चौधरी, सचिवमा रामप्रसाद पौडेल, सह सचिवमा गीता रेग्मी, कोषाध्यमा कमल बेल्वासे रहेका छन् । भेलाले ५१ सदस्यिय जिल्ला कमिटी घोषणा गरेको अनेरास्ववियू कपिलवस्तुका अध्यक्ष अनुरागीले जानकारी दिए ।

तत्कालिन नेकपा निकट अनेरास्ववियूको समेत संयोजक भएका अनुरागी लामो समयदेखि विद्यार्थी आन्दोलनमा जोडिदै आएका छन् ।

जिल्ला कमिटी घोषणासभामा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाही, नेकपा (एस) का लुम्बिनी प्रदेश कमिटीका सदस्य क्षेत्र बहादुर खत्री, अहमद अब्दुल रउफ, युवा संघ नेपालका केन्द्रीयउप महासचिव सरिता श्रीस, अनेरास्ववियूका केन्द्रीय सचिव सुशील पौडेल, युवा संघ नेपालका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष किशोर थापा, सचिव चन्द्रकान्त न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

१६ आश्विन २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको