सुजिता ह’त्या आरोपमा आफ्नै बाबुसहित तीनजना पक्राउ


साउन १८, महोत्तरी । महोत्तरीकी सुजिता ठाकुरको ह’त्यामा उनकै बाबुको संलग्नता रहेको पाईएको प्रहरीले जनाएको छ।

सेफ्टी ट्ंयाकी मुनि गाडिएको अवस्थामा श’व फेला परेको सुजिता ठाकुरको ह’त्यामा उनको आफ्नै बुवाको समेत संलग्नता भएको प्रहरीले बताएको छ ।

प्रहरीले उनको बुवा कामेश्वर पाण्डेयसहित सोमवार थप ३ जनालाई सार्वजनिक गरेको हो । यो भन्दा अगावै सोहि घटनामा मृ’तकका देवर रुपेश ठाकुर सहित चारजनालाई प्रहरीले सार्वजनिक गरिसकेकोमा हालसम्म सोहि घटनामा सातजना प्रहरी नियन्त्रणमा छन । यता अझै केहि थप आरोपी भएपनि प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले सोमवार पत्रकार सम्मेलन गर्दै मृ’तकका बुवाले आफ्नै छोरीलाई मार्न पटक पटक रुपेश ठाकुरलाई भनेको अनुसन्धानको क्रममा अडियो प्राप्त भएको बताए ।

यता मृ’तकका बुवाले घटना लुकाउन बार्गेनिंग समेत गरेको अनुसन्धानमा खुलेको एसपी आचार्यले वताए । उनले मृतककै नन्द भंगहा न।पा। १ वस्ने ३५ वर्षिया अंजु ठाकुरले घटना थाहा पाएर समेत लुकाएको आरोपमा पक्राउ परेकि समेत बताए ।

सोहि घटनामा श’व व्यवस्थापनमा संलग्न रहेको भनि जनकपुर उपमहानगरपालिका २४ कुटी पोखरी बसहिया वस्ने ५५ वर्षिय प्रमोद भन्ने विनोद मण्डल समेतलाई पक्राउ गरिएको बताए ।

सुजिताको पटक पटक घरबाट आफु खुशी बाहिर जाने र मनोमानी ढंगले बाहिर जादा पैसा लिएर जाने कारणले उनको माईत र ससुराली दुवै तर्फको प्रतिष्ठामा आँच आएको र गाँउ समाजमा गाईगुई हुने गरेकोले अव सहिनसक्नु भएर यसलाई मा’र्नु नै पर्छ भन्ने मनसायको देवर रुपेश र बुवा कामेश्वरको अडियो क्लिप प्राप्त भएको एसपी आचार्यले पत्रकार सम्मेलनमा बताए । उनले थप केहि अडियो क्लिपहरु समेत रहेको बताए ।

दुई पक्ष विचको अडियो क्लिपमा दुवै पक्ष सुजिताको कारण आजित भईसकेको र प्रतिष्ठा नै समाप्त हुन लागेकोले प्रतिष्ठा जोगाउन सुजिता मर्नै पर्ने खालको कुरा उक्त क्लिपमा गरिएको एसपी आचार्यको भनाई छ ।

प्रहरीले यसअघि लोहारपटटी नगरपालिका ७ भ्रमरपुराका रुपेश ठाकुर र शव व्यवस्थापनमा सघाएको भनि सोहि ठाउ वस्ने ३७ वर्षिय बण्ठा भन्ने किशोरी मण्डल र उनका भाई ३२ वर्षिय नथुनी मण्डल तथा सोहि ठाउका ३३ वर्षिय आदम राईनलाई पहिले सार्वजनिक गरेको थियो ।

१८ श्रावण २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको