यसकारण परे लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल अल्पमतमा


असार १८, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेका छन् ।
शुक्रबार भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएसंगै पोखरेल अल्पमतमा परेका हनु । वैशाख १९ गते विपक्षी गठबन्धनको अविश्वास प्रस्ताव दर्ता गरेपछि मुख्य मन्त्री पोखरेलले पदबाट राजीनामा दिएका थिए । तर, उनी सोही दिन फेरि बिपक्षी दलहरुको बिरोधका बाबजुद दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिएका थिए ।
उनी त्यतिखेर जनता समाजवादी पार्टीका चार जनाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री पोखरेलविरूद्ध वैशाख ६ गते अविश्वास प्रस्ताव दर्ता गरेको थियो । मुख्यमन्त्री पोखरेलले सोही दिन नै जनता समाजवादी पार्टीका तीन जनालाई मन्त्री र एकजनालाई राज्यमन्त्री बनाएका थिए ।
उनले सन्तोष पाण्डेयलाई भौतिक पूर्वाधार विकास मन्त्री, कल्पना पाण्डेयलाई उद्योग मन्त्री र विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनाका थिए भने रायमाझीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनाएका थिए।जसकारण रायमाझी असन्तुष्ट थिइन । राजीनामा पत्रकामा रायमाझीले सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको उल्लेख गरेकी छिन् । उनले संविधानको धारा १६९ को २ (क) बमोजिम पदबाट राजीनामा दिएको बताएकी छन् ।
यस्तो छ प्रदेश सदस्यको जोड घटाउ
हाल लुम्बिनी प्रदेशमा कुल ८३ जना मात्रै संविधान सभा सदस्यहरु छन् । सुरुमा ८७ जना थिए । दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित नेकपा एमालेका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी र एमाले बाटै कपिलवस्तुबाट निर्वाचित दृगनारायण पाण्डेयले प्रदेश सभा सदस्यबाट राजीनामा दिए । त्यस्तै माओवादी केन्द्रबाट निर्वाचित दधिराम शर्मा न्यौपाने र दिनेश पन्थीले नेकपा विभाजनपछि एमाले रोजे । त्यसपछि उनीहरूलाई माओवादी केन्द्रले कारबाही गरेपछि पदमुक्त भए ।
८३ सांसद रहेको हुँदा अब बहुमतमो सरकार निर्माणका लागि ४२ जना नभइ हुँदैन । सुरुमा ४१ ज्ना रहेपनि हाल लुम्बिनी प्रदेशमा एमालेका ३८ सांसद मात्रै छन् । उपनिर्वाचनमा दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट नेकपाबाट निर्वाचित बिमला वलीले हाल आएर माओबादी केन्द्र रोजेकी छन् ।
उनी बाहेक थप दुई जनाले पदबाट राजीनामा दिइसकेको हुँदा उस्का ३८ सांसद मात्रै बचेका हुन ।भौतिक पूर्वाधार विकास राज्यमन्त्री रायमाझीले पदबाट राजीनामा दिएपछि अब मुख्यमन्त्री संग ४१ सांसद मात्रै बचेका छन् । त्यसमा पनि एमाले भित्रैको माधवकुमार नेपाल समुहले फ्लोर क्रस गरे त्यो योगफल झनै खस्किने छ ।
उता विपक्षी गठबन्धनको पक्षमा नेपाली कांग्रेसका १९, समाभुखसहित माओवादी केन्द्रका १८, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र हाल माओबादी केन्द्र रोजेकी बिमला वली समेत गरि स्पष्ट ४२ जनाको योगफल देखिाएको छ ।
यद्यपी राष्ट्रिय सभाको उपनिर्वाचनमा गठबन्धनको पक्षमा मतदान गरेको भन्दै वलीलाई एमालेले स्पष्टिकरण सोधेको छ। उनलाई कारबाही भयो र पद गुम्यो भने समान ४१/४१ को योगफल बन्न सक्छ । त्यो संख्याले पनि शंकर पोखरेल मुख्य मन्त्री हुन पाउँदैनन् । अझ माधवकुरमा नेपाल पक्षधरले फ्लोर क्रस गरे स्वतहः पोखरेलको पद गुम्ने निश्चित बन्न सक्ने राजनीतिक बृत्तमा चर्चा सुरु भएको छ ।
नेपाली काँग्रेसका नेता तथा प्रदेशसभा सदस्य डिल्लीबहादुर चोधरीले मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको हुँदा एक मिनेटपनि कुर्सीमा बस्न नपाउने तर्क गरे । उनले मुख्यमन्त्रीले पदबाट राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने बताए ।
१८ असार २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको