मोटरसाईकल चोरीमा संलग्न रोल्पाका ५ सहित ८ जना परे दाङ प्रहरीको फन्दामा


असार १८, दाङ । दाङमा मोटरसाईकल चोरीमा सक्रिय ८ जनालाई दाङ प्रहरीले सार्वजनिक गरेको छ ।

दाङका विभिन्न ठाउँमा मोटरसाईक चोरी गरी रोल्पा र प्युठानमा लगेर स्वरुप परिवर्तन गरेर बेच्ने गरेको सूचनाका आधारमा अनुसन्धान थालेको प्रहरीले मोटरसाईकल चोरी गर्ने र खरिद गर्ने गिरोहका नाइकेलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सुलिचौर रोल्पामा ग्लोबल सर्भिस सेन्टरका संचालक श्रीताज अली अन्सारी, लुङ्ग्री गाउँपालिका ४ नाम्जा निबासी लेखनाथ विष्ट, बडाचौर निबासी टेकेन्द्र विष्ट, गुम्चाल निबासी नुमबहादुर रोका क्षेत्री र हिरा बहादुर विष्ट रहेका छन् ।

यस्तै भारतको बलाम्पुर निबासी मोहमद रफिक, घोराहीका जावेद खान र प्युठान जलुके निबासी ठगिराम थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीले चोरी गरिएका १३ वटा विभिन्न कम्पनिका मोटरसाईकल पनि सार्वजनिक गरेको छ ।

१८ असार २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको